मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सभागृहमा 'छोटो छुट्टी' को प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2011/04/24

लाहुरे परिवारका नयाँ पिँढीमाथि आधारित रहेर निर्माण गरिएको चलचित्र 'छोटो छुट्टी' को प्रिमियर भिन्न तरिकाले गरियो । इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा शुक्रबारबाट राजधानीमा चलिरहेको अन्तर्राष्ट्रिय आदिवासी फिल्म फेस्टिभल मार्फत सो चलचित्रको शनिबार प्रिमियर गरिएको हो ।

 

राष्ट्रिय सभागृहमा प्रदर्शन गरिएको सो चलचित्रलाई राम बाबु गुरूङले निर्देशन गरेका हुन् । उनले यस अघि 'अनागरिक' भन्ने चलचित्र निर्देशन गरेका थिए जुन चलचित्रले तीन बर्ष अगाडी यहि आदिवासी चलचित्र महोत्सवमा प्रोत्साहन पुरस्कार पाएको थियो। सोही पुरस्कारको प्रेरणाले गर्दा उनले 'छोटो छुट्टी' निर्माण गरेका हुन् । अहिले उनी यस चलचित्रबाट पनि पुरस्कार पाउनेमा बिश्वस्त छन् । सहरी समाजमा बस्ने आदिवासीको जीवनकथालाई पर्दा मार्फत उतार्ने प्रयास गरिएकोले सो चलचित्रलाई आदिवासी महोत्सवमा समावेश गरिएको निर्देशकको भनाई छ ।

 

अंग्रेजी सबटाइटल समेत राखिएको एक घन्टा १५ मिनेट लामो सो चलचित्रले ब्रिटिस लाहुरे परिवारका नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्सिरहेको र पैसावाल लाहुरेकी श्रीमती दलालको फन्दामा पर्दाको स्थितिलाई मुख्य कथाबस्तु बनाईएको निर्देशकको भनाई छ । चलचित्रको कथाबारे निर्देशक गुरुङले भने, 'गुरुङ  परिवारका ब्रिटिस लाहुरे छोटो छुट्टीमा जब घर आउँछन् तब उनकी श्रीमती मोडलिङमा लागेकी हुन्छिन् । श्रीमती आधुनिक भएर मोडलिङमा लागेपछि श्रीमान्-श्रीमतीबीच देखिएको समस्याको सेरोफेरोमा यो चलचित्रको कथा रहेको छ ।'

 

चलचित्र छोटो छुट्टीमा बबिता मादेन, सरोज केसी, विनय लामा, बबिता मादेन, प्रतीक्षा गुरुङ, पुष्कर गुरुङ, एलिसी योङहाङ लगायतका कलाकारले अभिनय गरेका छन् । काठमाडौं र धुलिखेलमा छायाँकन गरिएको सो चलचित्रलाई भाङग्रा फिल्म्सले निर्माण गरेको हो ।