मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्नपूर्ण म्युजिक अवार्डमा 'नाइ नभन्नु ल'

फिल्मीखबर, काठमाण्डौ, 2011/04/24

पाँचौं अन्नपूर्ण म्युजिक अवार्डमा चलचित्र तर्फ 'नाइ नभन्नु ल' ले बाजी मारेको छ । बैशाख १० अर्थात शनिबार पोखरामा सम्पन्न सो अवार्ड समारोहमा चलचित्र 'नाइ नभन्नु ल' ले सर्वोत्कृष्ट पार्श्व गायक र सर्वोत्कृष्ट पार्श्व गायिकाको अवार्ड हात पारेको छ ।

 

०६७ सालमा प्रदर्शन भएका चलचित्रहरू मध्ये संगितको हिसाबले निकै चर्चामा रहेको सो चलचित्रबाट पार्श्व गायक तर्फ दिपक लिम्बु र गायिका तर्फ रजिना रिमालले अवार्ड हात पारेका छन् । बिकाश आचार्य निर्देशित सो चलचित्रको गीतको सिआरबिटी पनि अत्याधिक मात्रामा डाउनलोड भएको थियो भने फिल्मीखबर डटकमले वर्ल्ड प्रिमियर गरेको सो गीत यु ट्यूबमा पनि नेपाली चलचित्रको गीतमा अहिलेसम्मकै धेरै दर्शक रहेका छन् । सो गीतमा महेश खड्काको संगीत रहेको छ भने शब्द डा कृष्णहरि बरालको रहेको छ ।
 

 

यसैगरी सो अवार्ड समारोहमा रेखा थापाको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' बाट सुरेश अधिकारीले सर्वोत्कृष्ट संगीतकारको अवार्ड हात पारे । अवार्डका लागी पार्श्व गायन तर्फ नोमिनेशनमा गोर्खा पल्टनबाट प्रशान्त तामाङ, बाटो मुनिको फूलबाट यश कुमार, स्वरबाट सुगम पोखरेल, नाइ नभन्नु ल र कोही मेरोबाट दिपक लिम्बु परेका थिए । यसैगरी पार्श्व गायिका तर्फ कस्ले चोर्‍यो मेरो मन र कोही मेरोबाट अञ्जु पन्त, नाइ नभन्नु ल र फस्ट लभबाट रजिना रिमाल, बाटो मुनिको फूलबाट प्रकृति गिरी परेका थिए । यता संगीतकार तर्फबाट गोर्खा पल्टनबाट बिबि अनुरागी, नाइ नभन्नु लबाट महेश खड्का, कस्ले चोर्‍यो मेरो मनबाट शुरेश अधिकारी, बाटो मुनिको फूलबाट यश कुमार र फस्ट लभबाट सत्यस्वरूप परेका थिए ।

 

असल संगीतको खोजी अभियानलाई सघाउन बितरण आयोजना गरिएको कार्यक्रममा २४ विधामा अवार्ड बितरण गरिएको थियो । जसमा आधुनिक, गजल, पप, लोक लगायतका गीतसंगीत पनि रहेका थिए ।