मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आईफामा क्यानेडाली चलचित्र 'विफोर द टुमारो' सर्वोत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2011/04/26

 ईन्डिजिनियस फिल्म आकाईभ (आईफा) ले आयोजना गरेको अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा क्यानेडाली चलचित्र 'विफोर द टुमारो 'सर्वोत्कृष्ट भएको छ । मारिया हेलेन कोउसिन्यू र मेडालाईन इभलुले निर्देशन गरेको ५२ मिनेटको सो कथानक चलचित्रले प्रथम हुँदै गोल्डेन ड्रम हात पारेको छ ।

 
गत बैशख ९ गते देखि काठमाण्डौको पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा चलेको चार दिने महोत्सवमा ईटालीको बृत्तचित्र मि. माई जिप्सी फेमिली एन्ड उडी एलेन दोस्रो र अमेरिकी बृत्तचित्र एमेजोनका बालबालिका तेस्रो भएको छ । दोस्रो र तेस्रो हुनेले क्रमश सिल्भर ड्रम र ब्रोन्ज ड्रम अवार्ड प्राप्त गरेको छ ।  नेपाल, भारत, अस्ट्रेलिया, ब्राजिल, बर्मा, क्याम्बोडिया, क्यानडा, फिनल्याण्ड, इटाली, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, प्यालेस्टाईन, पेरू, ताईवान, अमेरिका, स्विडेन, रूस, इन्डोनेसिया र भियतनाम गरि २० मुलुकका ४२ चलचित्र प्रदर्शन भएको सो महोत्सवमा जुरी तर्फ मेक्सिकोको बृत्तचित्र रेहजे उत्कृष्ट भएको छ ।
 
नेपाली तर्फ मगर भाषाको चलचित्र मोडियाल्नीले दर्शकको छनौट अवार्ड हात पार्‍यो भने लुनिभा तुलाधरले निर्देशन गरेको नेपाल भाषाको बृत्तचित्र द् स्पिनर अफ् फ्लाईट्सले २५ हजार नगद सहित प्रोत्साहन अवार्ड हात पार्‍यो । महोत्सवमा नेपालीतर्फ मगर, नेवार, गुरुङ र राई समुदायका चलचित्र प्रदर्शन भएका थिए । डेढ मिनेटदेखि एक सय दुई मिनेटसम्मका चलचित्र तथा वृत्तचित्र समावेश सो महोत्सवमा जाति, भाषा, संस्कृति, शिक्षा, आत्मपहिचान लगायतका बिषयमा बनेका चलचित्रको बाहुल्यता रहेको थियो ।
 
 
'अपराजिता स्वाभिमानी आदिवासी महिलाहरू' भन्ने मूल भाव बोकी आयोजना भएको सो महोत्सवमा ९० % महिलाले बनाएका चलचित्र समावेश थिए । महोत्सवको जुरीको रूपमा फिनल्याण्डको स्काब्मागोभात फिल्म फेस्टिवलकी निर्देशक सुभी बेष्ट, क्यानडाको मिडिया तथा फिल्म फेस्टिभल संस्था इमेजिनेटिभका कार्यकारी निर्देशक जेसन राइल र अन्तर्राष्ट्रिय रुपमा पुरस्कृत नेपाली फिल्म निर्देशक छिरिङतार शेर्पा रहेका थिए ।