मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'खग्रास' को प्रिमियर अमेरिकामा

फिल्मीखबर, काठमाण्डौ, 2011/04/27

बैकल्पिक सिनेमा नेपालको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र 'खग्रास' को प्रिमियर अमेरिकामा हुने भएको छ । शैलेश आचार्यको निर्देशनमा बनेको सो चलचित्र मे महिनाको अन्तिम साताबाट अमेरिकामा प्रिमियर सँगै सार्वजनिक प्रदर्शन हुने बताईएको छ ।

 

अमेरिकाको न्यूयोर्क र डिसी एरियाको साथमा नेपालको लमजुङ, धादिङ, काठमाण्डौ र भक्तपुरमा छायाँकन गरिएको सो चलचित्र प्रदर्शन गर्न निर्देशक आचार्य मे ११ तारिखका दिन अमेरिका जाँदैछन् । अमेरिकाबाट चलचित्रको प्रदर्शन आरम्भ गरिएतापनि नेपालमा भने कहिले रिलिज हुने भन्ने बारेमा निर्देशक आँफै अन्यौलमा छन् । देशको खराब राजनितिक परिस्थितीले गर्दा चलचित्र रिलिजको टुंगो नरहेको उनको भनाई छ र यो चलचित्र पनि यहि बर्तमान राजनैतिक परिस्थितीमा आधारित रहेर निर्माण गरिएको निर्देशकले जानकारी दिए ।

 

डोमिन आचार्य, कल्पना आचार्य, भावना आचार्य तथा दुर्गा पोखरेलले संयुक्त रूपमा निर्माण गरेको सो चलचित्रमा अभिनय गर्ने अधिकांश कलाकार गुरूकुलका रहेका छन् । गुरूकुलका कलाकार बाहेक सो चलचित्रमा संयोग पोखरेल, सुनिल पोखरेल, सोनी केसी, दुर्गा बराईली, एन्थोनी विलेट, एलिस प्रोय लगायतको अभिनय रहेको छ । बिजयपराजय, चोट, मनकामना, सौता जस्ता चलचित्र निर्देशन गरेका यि निर्देशक चर्चित्र लेखक तथा निर्देशक बिकाश आचार्यका दाजु हुन् ।

 

चलचित्रको प्रचारप्रसारलाई अगाडी बढाउँदै निर्देशक आचार्यले बुधबारबाट गीत सार्वजनिक गर्दैछन् । चलचित्रको गीत भने काठमाण्डौ उपत्यका बाहिरका एफएमहरूबाट सार्वजनिक गरिंदै छ । चलचित्रमा ६ वटा गीत समावेश गरिएको छ । जसमा दुई वटा रोमान्टिक गीत छन् भने बाँकी ४ वटा देशप्रेमका गीत रहेका छन् । ति गीतहरूमा ताराप्रकाश लिम्बु, न्यू बज्राचार्य र सुगम पोखरेलका संगीत, सुगम पोखरेल, सनुप पौडेल, न्यू बज्राचार्य, उत्तम लिम्बु, मनिष पोखरेल, प्राश्ना शाक्यको स्वर तथा ताराप्रकाश लिम्बु, दुर्गालाल श्रेष्ठ, विप्लप प्रतीक र रमण घिमिरेको शब्द रहेको छ । चलचित्रका गीतहरू केहि दिन मै फिल्मीखबर डटकममा पनि सुन्न सकिनेछ ।