नायक रमित ढुंगाना यतिबेला अमेरिकामा छन् । केहि समय अघि नेपाल आएका यि नायकले अमेरिकामा रहेर बुद्वको बारेमा चलचित्र निर्माण गर्न लागेको बताएका थिए । तर उनले सो चलचित्र कहिले निर्माण गर्छन् भन्ने कुराको यकिन भने छैन ।
अमेरिका बसाईका क्रममा रमितले नेपालको राष्ट्रिय विभूति गौतम बुद्धलाई विदेशी मुलुक भारतमा जन्मिएको कुरा अमेरिकाको पाठ्यपुस्तकमा पढ्नु पर्ने कुरा थाहा पाएपछि उनको चित्त निकै दुखेछ । हुन पनि हो, आफ्नै देशमा जन्मिएका बुद्धलाई अर्काको देशमा जन्मिएको भन्दा कुन नेपालीको मन रूँदैन र ? यसरी आफ्नो देशको सम्पती गौतम बुद्धलाई अन्य मूलुकले भारतको भनिरहेको बेला सत्य कुरालाई प्रतिवाद गर्न रमितले चलचित्र मार्फत बुद्व नेपालमा जन्मिएको सन्देश दिने बताएका थिए । तर उनले सो चलचित्र निर्माण गर्ने हुन् या हैनन् भन्ने कुरा अन्यौलमा छ ।
केहि महिना अघि फिल्मीखबरसँग कुराकानी गर्दै चलचित्रको कथा मात्र गौतम बुद्धको बिषयमा हुने बताउदै रमितले चाडैनै स्क्रिप्ट फाईनल गरी सुटिङ सुरू गर्ने बताएका थिए । चलचित्रको ० प्रतिशत छायाकंन अमेरिका र बाकी १० प्रतिशत नेपालमा हुने पनि उनले बताएका थिए । यति मात्र हैन उनी नेपाल आएको बेला लुम्बिनी पुगेर त्यहाँको बारेमा केहि जानकारी पनि लिएका थिए ।
तर के अब उनले सो कुरा पूरा गर्न सक्लान् त ? के संसारमा मान्छेले बुद्व नेपालमा नै जन्मेको हो भन्ने कुरा थाहा पाउन सक्लान् त ? आशा गरौं कि रमितले यि प्रश्नको उत्तर छिट्टै नै दिनेछन् ।