मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघको साधारण सभा सुन्धाराबाट भाटभटेनी

फिल्मीखबर, काठमाण्डौ, 2011/04/28

बैशाख १६ गते हुने भनिएको नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारण सभाको स्थान परिवर्तन गरिएको छ । बिहान साढे दश बजे सुन्धारा स्थित क्यूएफएक्स सेन्ट्रल हलमा संघको साधारण सभा अर्न्तगत उदघाटन सत्र हुने भनिएको थियो तर एकएक स्थान परिवर्तन गरेर कार्यक्रम भाटभटेनी पुगेको छ ।

 

स्थान परिवर्तन गरिएपछि भोली शुक्रबार बिहान साढे एघार बजेबाट भाटभटेनी स्थित बेगम पार्टी प्यालेसमा संघको बार्षिक साधारण सभा हुँदैछ । यसैगरी बन्द सत्र संघको कार्यालय बिशालनगरमा हुने भनिएको थियो तर सो कार्यक्रम पनि सोही पार्टी प्यालेसमा हुने भएको छ । संघको बार्षिक साधारण सभाले नयाँ कार्यसमिती चयन गर्नेछ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार संघको अध्यक्ष पदमा पुन: राजकुमार पोखरेल नै हुने करिब करिब पक्का पक्कि नै भएको छ । कुनै पनि उमेद्वार अध्यक्ष पदमा उठ्ने नदेखिएपछि अध्यक्ष पदमा पुन: पोखरेल नै हुने सम्भावना देखिएको हो ।

 

यसैगरी संघले यसै बर्ष देखि १२ लाख रूपियाँको 'नेपाली चलचित्रकर्मी स्मृती सम्मान कोष' को पनि स्थापना गर्दैछ । उक्त स्मृती सम्मान कोषका लागि आठ जना दाता भेटिएका छन् । जसमा लचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, उपाध्यक्ष प्रदिप उदय, बिश्वज्योती हलका सञ्चालक मोहन सर्राफ, क्यूएफएक्स हलका सञ्चालन नकिम उद्दिन, गुण हलका सञ्चालन दिजेन्द्र शाक्य, चलचित्र बितरक तथा निर्माता बिरेन्द्र नारायण श्रेष्ठ, हल संचालक बलराम पराजुली र गायक योगेश्वर अमात्य रहेका छन् । उनीहरूले प्रति व्यक्ति एक लाख कोषमा जम्मा गरेका छन् ।

 

यसरी आठ जना दाताले संकलन गरेको आठ लाख रूपियाँको राशिमा संघले हरेकको राशिमा पचास हजार थप गरि १२ लाख पुर्‍याएर 'नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोष' स्थापना गरिएको हो । सो कोषको स्थापनासँगै संघले यस बर्ष नगद रू ११,१११ राशि सहितको कदर पत्रले चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, लेखक, प्राबिधिक र पत्रकार गरी सात जनालाई सम्मान गर्ने भएको छ । कोषको स्थापना सँगै संघले अब देखि हरेक बर्ष नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने बिशिष्ठ व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ ।