मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघमा पुन: राजकुमार बिजयी

फिल्मीखबर, काठमाण्डौ, 2011/04/30

नेपाल चलचित्र संघको अध्यक्ष पदमा राजकुमार पोखरेल बिजयी भएका छन् । शुक्रबार राजधानीमा आयोजना गरिएको संघको ४० औं साधारण सभामा उनले आफ्ना प्रतिद्वन्दी रामवीर मानन्धरलाई ३९ मतको अन्तरले पछि पार्दै पुन: संघको अध्यक्ष पदको जिम्वेवारी सम्हाल्ने भएका छन् ।

 


राजधानीको भाटभटेनी स्थित वेगम पार्टी प्यालेसमा अध्यक्ष पदका लागि राति ९ बजे चुनाव भएको थियो । संघमा भएका जम्मा १४३ जना साधारण सदस्य मध्ये ८६ जनाले मात्र भोट हालेका थिए । ८६ मत खसे पनि ११ मत बदर भएको थियो । सदर मत मध्ये पोखरेलले ५७ र मानन्धरले १८ मत प्राप्त गरेका थिए । यसैगरी ९ जना सदस्यहरू भने निर्विरोध निर्वाचित भए । जितसँगै पोखरेलले तीन बर्षका लागि नयाँ कार्यसमिती बनाउने छन् ।

 

शुरूमा अध्यक्ष पदका लागि राजकुमार पोखरेललाई निर्विरोध निर्वाचित बनाउने सल्लाह भएको थियो तर अन्तिम समयमा आएर अष्ठनारयण हलका सञ्चालक रामवीर मानन्धर पनि अध्यक्ष पदमा उठ्ने भएपछि चुनाव हुन पुगेको हो । मानन्धर र पोखरेललाई सहमतीमा ल्याउने प्रयास पनि नगरिएको हैन तर दुबै जनाले नछोड्ने अड्डी कसेपछि चुनावको स्थिती सिर्जना भएको हो । यसैगरी संघमा वितरण सभापति, प्रदर्शन सभापति, उपत्यका सभापति, पूर्वान्चल सभापति, पश्चिमान्चल सभापति, सुदूरपश्चिमान्चल सभापति गरि सात सदस्य निर्वाचित भएका छन् ।