नेपाल चलचित्र संघको ४४ औं साधारण सभा राजधानीको भाटभटेनी स्थित वेगम पार्टी प्यालेसमा सम्पन्न भएको छ । संचार मन्त्री कृष्णबहादुर महराको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा संघको अध्यक्ष पदमा राजकुमार पोखरेल बिजयी भए भने आठ चलचित्रकर्मीहरूलाई पनि सम्मान गरियो ।
यस बर्षको नेपाल चलचित्रकर्मी स्मृति सम्मानबाट सम्मानित हुनेमा बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, सदावहार नायक भुवन केसी, बरिष्ठ लेखक तथा निर्देशक शिव रेग्मी, अभिनेत्री मिथिला शर्मा, द्वन्दनिर्देशक राजेन्द्र खड्गी, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, पत्रकार विजयरत्न तुलाधर र सम्पादक रजनीनाथ पन्त रहेका छन् । सम्मानित हुनेहरूले ताम्रपत्र सहित नगद रू ११, १११ पाएका छन् ।
यसैबर्ष देखि संघले नेपाली चलचित्र क्षेत्रमा योगदान दिने बरिष्ठ व्यक्तिहरूलाई हरेक बर्ष सम्मान गर्ने भएको छ जसका लागी नेपाल चलचित्रकर्मी स्मृति सम्मान कोष स्थापना समेत गरिएको छ ।