नायिका रेखा थापा अहिले आफ्नै होम प्रोडक्सनको चलचित्र 'अन्दाज' को निर्माणको तयारीमा छिन् । बैशाख महिनामा छायाँकन हुने भनिएको सो चलचित्रको अहिले सम्म केहि पत्तो लागेको छैन । के कारणले गर्दा चलचित्र अड्किएको छ त ? यहि बिषयको बारेमा जानकारी लिन फिल्मीखबरले रेखाको मोबाईलमा सम्पर्क गरेको थियो ।
फिल्मीखबर: हेलो !
रेखाको फोनमा कुनै अपरिचित पुरूषको आवाजमा जवाफ आयो ।
अपरिचित पुरूष: हेलो !
फिल्मीखबर: को बोल्नु भएको ?
अपरिचित पुरूष: कस्लाई खोज्नु भएको ?
फिल्मीखबर: यो रेखा जी को नम्बर हैन ?
अपरिचित पुरूष: हो ।
फिल्मीखबर: उहाँ खै त ?
अपरिचित पुरूष: घरमै होला ।
फिल्मीखबर: तपाई छबि जि बोल्नु भएको हो ?
अपरिचित पुरूष: हो ।
फिल्मीखबर: रेखा जी को फोन तपाईंसँग किन नि ?
छबि: अब रेखाले फोन नबोक्ने रे ! उनी केहि समयका लागी फोनबाट टाढा बस्न चाहेकी छिन् । त्यसैले आफ्नो मोबाईल मलाई बोक्न दिएकी हुन् ।
फिल्मीखबर: त्यसो भए अब रेखा जि सँग फोनमा भेट हुँदैन ?
छबि: अब अलि गार्हो नै हुन्छ ।
यसरी नायिका थापासँग फोनमा सम्पर्क हुन नसकेपछि फिल्मीखबरले घरको नम्बरमा फोन सम्पर्क गर्ने प्रयास गर्यो । घरको नम्बरमा फोन डायल गरेपछि एक महिलाको आवाज आयो ।
अपरिचित महिला: हेलो !
फिल्मीखबर: रेखा जि हुनुहुन्छ ?
अपरिचित महिला: म रेखा नै हो । तपाईं को बोल्नु भएको ?
फिल्मीखबर: म फिल्मीखबर डटकमबाट सुमन गैरे ।
रेखा: सञ्चै हुनुहुन्छ ?
फिल्मीखबर: सञ्चै छु । फोन किन नबोक्नु भएको ?
रेखा: दिक्क लागेर ।
फिल्मीखबर: किन दिक्क लाग्यो त ?
रेखा: यो फोनको कारणले गर्दा धेरै तनाव उत्पन्न भएको छ । त्यसैले तनावबाट मुक्त हुन केहि समय फोन नबोक्ने निर्णय गरेकी हुँ ।
फिल्मीखबर: कतै सञ्चारमाध्यमबाट टाढा रहन खोज्नु भएको त हैन ?
रेखा: हैन । सञ्चारमाध्यमले त सम्पर्क गर्न चाहेको समयमा भेट भईहाल्छ नि । जसरी तपाईं अहिले मसँग कुरा गर्दैहुनुहुन्छ ।
फिल्मीखबर: त्यसो भए फोन नबोक्नुको मुख्य कारण के हो त ?
रेखा: फोनमा चाहिने भन्दा नचाहिने कल बढि आउने हुनाले फोन नबोकेको हो । र अर्को मुख्य कुरा मेरो मोबाईलमा यति धेरै मिसकल आउँछ कि त्यो मिसकल सँग त म सार्है दिक्क भएकी छु । फ्यानहरूले पनि त्यत्तिकै फोन गर्नुहुन्छ । हुनत फ्यानसँग नजिक हुनु राम्रै हो तर पनि व्यस्त भएको बेला, रिस उठेको बेला फ्यानसँग कुरा गर्न सकिंदैन र म चाहन्न कि मोबाईलका कारण मेरा फ्यान मसँग रिसाउन् ।
यसरी नायिका थापासँग फिल्मीखबरको केहि समय फोनवार्ता भयो । फोनवार्तामा उनले बाध्य भएर फोन बोक्न छाड्नु परेको बताईन् ।आफूलाई भेट्न चाहने व्यक्तिले जसरी पनि भेट्न सक्ने हुनाले यो व्यस्त समयमा फोन नबोक्नु नै ठिक रहेको उनको भनाई छ । फोन नबोक्दा केहि समस्या आएपनि त्यो भन्दा बढि समस्या फोन बोक्दा आउने हुनाले मोबाईल फोनबाट टाढा रहनु परेको उनले बताईन् । उनले भनिन्, 'सुटिङका बेला, रिस उठेका बेला, आराम गरिरहेका बेला फोन उठाउन मन नलागे पनि कतिपय अवस्थामा उठाउनु पर्ने बाध्यता हुन्छ । त्यो बाध्यताबाट टाढा हुन पनि फोन नबोक्ने निर्णय लिएको हुँ ।'
व्यस्त समयसँगै हरेकको हातहातमा हुने गरेको मोबाईल अहिलेकी चर्चित नायिका रेखा थापाको हातमा नहुँदा कस्तो देखिएला ? के उनले साँच्चिकै मोबाईल बोक्न नै छाड्लिन् त ? यो प्रश्नलाई निकै गम्भिरताका साथ लिनु परेको छ । यदि रेखाले साँच्चिकै मोबाईल बोक्न छाडेकै हो भने सञ्चारमाध्यमबाट उनी टाढा रहनेछिन् भन्ने कुरामा दुईमत नहोला । के यो सम्भव होला त ? हामीलाई लाग्छ पक्कै पनि उनले ढिलोछिटो मोबाईल बोक्ने छिन् ।