मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नो परिचय खोज्दै सुभेच्छा

फिल्मीखबर, काठमाण्डौ, 2011/05/02

नायिका सुभेच्छा थापा अहिले आफ्नो परिचय खोज्दै हिंडेकी छिन् । उनी को हुन् आँफैलाई थाहा छैन । यो अवस्थामा उनको परिचय चलचित्र क्षेत्रले पनि दिन सकेको छैन ।

 


सुभेच्छा नायिका हुन् या आईटम डान्सर या सिलियरकी कलाकार ? उनको वास्तविक परिचय अझै पत्ता लाग्न सकेको छैन । सुभेच्छाले थुप्रै चलचित्र, टेलिचलचित्रमा अभिनय गरिसकेकी छिन् । नायिका भएर अभिनय गरेको भएपनि उनी सधैं ओझेलमा नै परिन् । जसले गर्दा अहिले उनी आँफै आफ्नो परिचय खोज्दै हिंडेकी छिन् । अर्थात उनले आफ्नै निर्माणमा चलचित्र 'को हुँ...म' निर्माण गरेकी छिन् र सो चलचित्रमा मुख्य भुमिकामा आफू नै देखिएकी छिन् ।

 

उनले चलचित्रको नाम 'को हूँ...म' राख्नुको मुख्य कारण के हुनसक्छ त ? कतै उनले चलचित्र क्षेत्रमा यसै चलचित्रबाट आफ्नो परिचय दिन खोजेकी त हैनन् ? यदि हो भने यि नायिकालाई शुभकामना ! यदि हैन भने उनले चलचित्रको नाम किन 'को हूँ...म' राखिन् त ? यो प्रश्नलाई निकै अर्थपूर्ण तरिकाले हेर्न सकिन्छ । तर जे जस्तो भएपनि उनले चलचित्र भने पूर्ण रूपमा तयार गरिसकेकी छिन् । जुन चलचित्रको आईतवार अडियो पनि सार्वजनिक गरियो ।

 


आईतवार साँझ राष्ट्रिय नाचघरमा आयोजना गरिएको विपन्न वर्गका महिला तथा बालबालिकाको सहयोगार्थ श्रीशक्ति साँस्कृतिक साँझमा सो चलचित्रको अडियो बिमोचन गरियो । अडियो विमोचन गरिएको सो चलचित्रमा सुभेच्छा थापाको साथमा बिमलेश अधिकारीको पनि मुख्य भुमिका रहेको छ । यसका साथमा सदावहार नायक भुवन केसीले नायिका सुभेच्छासँग एउटा आईटम डान्स गरेका छन् । यो चलचित्र बिमलेशको पहिलो डेब्यू चलचित्र हो तर पनि भिडियो चलचित्र भएकाले बिमलेश आफ्नो पहिलो चलचित्र 'तुलसी' लाई मान्दै आएका छन् ।

 

अडियो बिमोचनसँगै कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा नायिका सुभेच्छा थापा, सिर्जना बस्नेत, नायक कल्याण घिमिरेको साथमा केहि हाँस्यकलाकार तथा गायकगायिकाहरूले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । सो कार्यक्रमको आयोजना श्रीशक्ति समूहले गरेको थियो जसको संयोजक नायिका सुभेच्छा थापा रहेकी थिईन् ।