मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेलिब्रेटीले पनि हेरे आमाको मुख

फिल्मीखबर, काठमाण्डौ, 2011/05/03

नारी अर्थात् आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्चस्थानमा राखेर व्याख्या गरिएको छ। नारी निंदा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर खुमान। अर्थात् नारी जातिको निन्दा कहिल्यै नगर्नू, उनीहरूको अवहेलना नगर्नू किनभने नारी भनेका पुरुषका स्रोत हुन्।

 

आमाको सम्मान, प्रतिष्ठा र स्नेह अतुलनीय छ। उनीप्रतिको कर्तव्य जति निर्वाह गरे पनि पूर्ण हुँदैन। भनिन्छ आमा समान दोस्रो गुरु कोही छैन। नारी मातृदेवता हुन्। युगकवि सिद्धिचरण श्रेष्ठले 'आमा' कवितामा लेखेका छन् :   

 

आमा तिमी जन्म दिने मलाई 

आमा तिमी प्राण दिने मलाई 

आमा तिमी बोट, म फूल त्यसको 

हो दान तिम्रै जति जे छ मेरो ।

 

वैशाख कृष्ण अमावस्या हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा परिचित छ। यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थऔंसी आदि पनि भनिन्छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आपनो शक्तिअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। यहि क्रममा नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीहरूले पनि आजको दिनलाई महत्वपूर्ण दिनको रूपमा हेरेका छन् ।

 

महानायक राजेश हमालले आफ्नी आमालाई निकै माया गर्थे तर अहिलेउनी अहिले यो संसारमा नभएपनि राजेशले आमालाई सम्झिए । तस्विरमा नै उनले आमाको मुख हेरे । उनले कुनै बेला आमासँग बिताएका मिठा पलहरू बेलाबेलामा सम्झने गर्छन् । राजेश कसैलाई माया गर्छन् त ती आमा नै हुन् । महिलाहरू शक्तिस्वरूपा भएको बताउने करिष्माले आमालाई निकै माया गर्छिन् । त्यसैले त उनले पनि आज आफ्नी आमाको मुख हेर्न छुटाईनन् ।  करिष्माले आज आमा कोमल केसीको मुख हेरिन् । हुन त उनी पनि एक छोरीकी आमा हुन् । उनलाई आमा हुनुको कर्तव्य पनि निभाउन आउँछ । त्यसैले त उनले छोरीको भबिष्यका लागी उनी केहि बर्ष अमेरिका पनि बसिन् । आज छोरी कविताले पनि आमा करिष्माको मुख हेरिन् ।

 

यता निर्देशक आलोक नेम्वाङलाई आफ्नी आमा संसारकै राम्री लाग्छ । हुनत आफ्नी आमा सबैलाई राम्री नै लाग्छ तर पनि आलोक आमालाई यहि धेरै माया गर्छन् कि अहिले सम्म उनले आफ्नी आमाको चित्त दुख्ने कुनै काम गरेका छैनन् रे । उनी भन्छन्, 'मैले छोरा हुनुको कर्तव्य पूरा गर्न नसकेपनि आमालाई असल छोरा बनेर देखाउने कोशिस गरिरहेको छु ।' आज आमा औंसी भएकाले उनले बिहान नौ बजे आफ्नी आमाको मुख हेर्न भाटभटेनीबाट धोबिघाट पुगे । आमालाई मिठाई खुवाएर र लुगा दिएर उनले आफ्नी आमाको मुख हेरेको बताए । आफ्नो कामका लागि आमाबाट अलग बस्नुपर्ने बाध्यता रहेपनि उनी आमालाई हरपल मिस गरिरहने बताउँछन् ।

 

यसैगरी एक छोरीकी अर्की आमा नायिका झरना थापाले पनि आज आमाको मुख हेरिन् । बिभिन्न प्रकारका मिठाई र एउटा घडी बोकेर उनी बिहान नौ बजे माईती घर पुगिन् र आमाको मुख हेरिन् । तर उनलाई भने आफ् आफ्नी छोरीले मुख नहेरेको बताईन् । छोरी होस्टेलमा बसेकाले मुख हेर्न नपाएको झरनाको भनाई छ । आजको दिन हरेक छोराछोरीका लागि महत्वको दिन रहेको झरनाको भनाई छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान हुने यि नायिकाले बताईन् ।

 

नायक जीवन लुईटेलले भने आज आमाको मुख हेर्न पाएनन् । आमा बिराटनगरमा भएको र आफू कार्य व्यस्तताले गर्दा बिराटनगर जान नपाएकोले आज उनले आमालाई अन्य दिन भन्दा बढि मिस गरे । आमाको मुख हेर्न नपाए पनि उनले आमालाई उपहारस्वरूप एक कविता लेखि फेसबुकमा पोस्ट गरेका छन् । उनले लेखेका छन् :

 

जीन्दगी बन्छ आमाले खाएको गाँस-गाँसमा

सिर्जना मूल हुन् आमा स्रस्टाको इतिहासमा !

कोखबाट निकालेर यो धर्ती टेक्न लगाउँछिन्

को खा ! को खा ! भनि खाना नानीलाई खुवाउँछिन् !

मात्रिवात्सल्य रित्तिन्न जस्तै दु:ख भएपनि

बचरा गुँड छोडेर टाढा टाढा गएपनि !!

 

हरेक दिन आमाको मुख हेरिरहेको भएपनि नायिका केकी अधिकारीले आज बिशेष रूपले आमाको मुख हेरिन् ।  बिहान सबेरै पाँच बजे तिर उनले आमाको मुख हेरिन् र आमालाई ब्याग गिफ्ट पनि दिईन् । सुटिङमा जानु पर्ने भएकाले दिनभरी आमासँग बस्न नपाउँदा भने उनी केही दु:खी छिन् । आमा औंसीको दिन फिल्मीखबरसँग कुरा गर्दै आफ्नी आमाको बारेमा केकीले भनिन्, ' मेरी आमा मेरी अभिभावक एवं नजिककी साथी हुनुहुन्छ। म हरेक काम उहाँसँग सेयर गर्छु। आजको दिन यसरी बित्यो भन्ने कुरा बेलुका उहाँसँग सेयर नगरी बस्न सक्दिन। आज म जे छु वा भविष्यमा जे हुनेछु त्यसको कारक मेरी आमा नै हुनुहुन्छ।'

 

आफ्नी आमाको सरलता निकै राम्रो लाग्ने बताउँदै केकी भन्छिन्, 'मेरी आमा सादा जीवन उच्च विचारमा रमाउने मान्छे हो । भविष्यमा जतिसुकै प्रगति गरे पनि असल व्यक्ति बनोस् भन्ने मप्रतिको उहाँको आशालाई मैले बुझेकी छु र मैले उहाँलाई मेरो छोरी हो भन्ने गर्व महसुस गराउने छु ।'