मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिधार्थीहरूसँग महानायकले साटे सफलताका टिप्सहरू

फिल्मीखबर, काठमाण्डौ, 2011/05/04

रजतपटका महानायक राजेश हमालले बुधबार करिब एक घण्टा प्रवचन दिए त्यो पनि बिजनेश स्कुलका बिधार्थीहरूसँग । केएफए बिजनेस स्कुलले आयोजना गरेको एक अर्न्तक्रिया कार्यक्रममा उनले आफ्नो जीवनका सफलताका रहस्यहरू उपस्थित बिधार्थीहरूलाई सुनाए र उनीहरूलाई पनि सफलताका टिप्सहरू सुनाएका ।

 

 

महानायकले आफू चलचित्र क्षेत्रमा सफल हुनुको मुख्य रहस्य नै आफ्नो इमान्दारिता र लगनशिलता रहेको बताए ।  उनले भने, 'म काम प्रतिको 'प्यासन' र 'कन्फिडेन्ट' ले गर्दा नै आज यो स्थानमा छु । त्यसैले तपाईंहरू पनि इमान्दारिता पूर्वक काममा लगनशिल भएर लाग्नुस् सफल अवश्य हुनुहुनेछ ।' राम्रो काम गर्दा रिक्स हुन सक्ने भएकाले धैर्य भएर काम गर्न पनि राजेशले सल्लाह दिए । काममा सधैं आशावादी हुनुपर्ने बताउंदै महानायकले भने, 'गल्ति नगरिकन पनि मान्छेले केहि सिक्दैन त्यसैले गल्तिबाट पनि धेरै पाठ सिकिन्छ ।'

 

 

प्रोफेस्नल कामका लागि प्रोफेस्नल दिमाग लगाउनु पर्ने भएकाले लक्ष्य प्राप्तिका लागि आफू भित्रको क्वालिटीको बारेमा पनि सोच्न जरूरी रहेको उनको भनाई थियो । नेताले जस्तो बोल्ने तर काम गरेर नदेखाउने नबन्न पनि उनले बिधार्थीहरूलाई आग्रह गरे । तर जीवनमा कहिल्यै ओभर कन्फिडेन्ट भने हुन नहुने उनले बताए । पढेर मात्र नभई अनुभवले पनि मानिसले सफलता हात पार्ने भएकाले काम प्रतिको 'प्यासन' जरूरी नै रहेको महानायकको भनाई छ । उनले कार्यक्रममा अन्तिम वाक्य बोल्दै राजेशले भने, 'कुनै पनि क्षेत्रमा कामले सुपरस्टार हुन सकिन्छ । त्यसैले कर्म गर्नुस् सफलता तपाईंको हातमा छ ।'