मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजवल्लभको दैनिकी

संजय सौगात, बुटवल, 2011/05/04

आजकाल सुटिङ धेरै भएकोले अलि व्यस्त छु । कहिले उपत्यकामै व्यस्त हुनुपर्छ भने कहिले उपत्यका बाहिर । उपत्यका भन्दा बाहिर छु भने सुटिङमा अलि चाडै पुग्नुपर्नै हुन्छ त्यसैले बिहान साढे पांच बजे भित्रै उठिसकेको हुन्छु ।  

 
 
१०/१५ मिनेट एक्सरसाईज गरेपछि वाथरुम जान्छु । मैले बिहान एक लिटर पानी कहिल्यै छुटाउँदिन त्यसैले बाथरुम गएपछि एक लिटर पानी पिउँछु  र एकै छिन रेस्ट गर्छु अनि सुटिङ तिर लाग्छु । यदि उपत्यकामै छु भने बिहान अलि ढिलो उठ्छु । किनकी सुटिङमा बिहान सात बजे तिर मात्र बोलाईन्छ । त्यसैले कलिङ टाइम ढिलो भएका कारण बिहान ६ बजे मात्र बेड छोड्छु । सुटिङ  स्थलमा आठ बजेसम्म पुगिसकेको हुनुपर्छ ।
 
 
सुटिङ स्थलमा पुगेपछि नौ बजेसम्म नास्ता लिँदैमा समय बित्छ र मेकअप गरेपछि सुटिङमै व्यस्त हुन्छु । दिउँसोको एक/दुई बजेतिर लन्च लिन्छु अनि फेरी सुटिङमै व्यस्त हुन्छु । साँझ घाम अस्ताएपछि हाम्रो । पनि प्याक अप हुन्छ र हामी घरतर्फ फर्कन्छौं । आफ्नै यातायातको साधन लिएर गएको छु भने घरमा अलि चाँडो फर्किन्छु नत्र भने सुटिङ युनिटकै गाडीमा फर्कदा भने अलि अवेर घरमा फर्कन्छु । उपत्यका भित्रै भए सात बजेभित्रै घर फर्किएको हुन्छु । यदि उपत्यका बाहिर छु भने साँझ /९ बजे मात्र घर फर्किएको हुन्छु ।
 
 
घर फर्कंदा दिनभरीको थकानले निकै अल्छि लागेको हुन्छ । परिवारसँगै बसेर खाना लिन्छु । मन लागे एकछिन इन्टरनेटमा बस्छु । इन्टरनेटमा नयाँ-नयाँ कुराहरु हेर्छु । फिल्महरु हेर्छु । मेरो घरमा मम्मी, बुबा र म मात्रै छौं । भाइ र बहिनी विदेश छन् । तीनै भाइबहीनीहरुसँग एक छिन् अनलाईन च्याट गर्छु । म फेसबुक एकदमै चलाउँछु । फेसबुकमा पनि म साथीहरुसँग च्याट गर्छु  र साँझ १०/११ बजेतिर बेडमा जान्छु ।
 
 
यी त भए सुटिङ हुँदाका कुरा तर सुटिङ नहुँदाको समयमा भने अलि अवेरसम्म सुतिदिन्छु । बिहान उठ्नै अल्छी लाग्छ । बिहान ८ देखि ९ बजेको बीचमा मात्रै म बेडबाट बाहिर निस्कन्छु । हल्का एक्सरसाईज गर्छु । बाथरुम जान्छु । अनि एक लिटर पानी पिउँछु । एकैछिन रेष्ट गर्छु र पत्रपत्रिका हेर्छु । अनि मम्मीले नास्ता बनाएर दिनुहुन्छ । खान मन लागे नास्ता लिन्छु नत्र लिन्न । किनकी म नास्तामा त्यति जोड  गर्दिन । नास्ता भन्दा म खानामा नै जोड दिन्छु । नास्ता लिइहाले पनि म कर्नफ्लेक्स, रोटी, अण्डा र दुध लिन्छु । बिहानको १/११ बजेको समयमा लन्च लिन्छु ।  खानामा मलाई त्यति मिठो परिकार चाहिँदैन ।
 
 
म नर्मल खाना नै लिन्छु । दालभात, तरकारी, मासु र कम चिल्लो भएको परिकार मलाई मन पर्छ । खाना खाइसकेपछि एकै छिन रेष्ट गर्छु र बत्ति भए इन्टरनेट चलाउँछु यदि बत्ति छैन भने पुस्तकहरु पढ्छु । पुस्तकहरुमा मलाई आध्यात्मिक आत्मकथाहरु, वायोग्राफी सम्बन्धी पुस्तकहरु मन पर्छ । सकारात्मक सोंचाईका पुस्तकहरु जस्तै कसरी आफू लोकप्रिय कसरि बन्न सकिन्छ भन्ने उपायहरु समेटिएका पुस्तकहरु पनि मन पर्छ ।  
 
 
त्यस्तै काल्पनिक भन्दा पनि रियल कुराहरु समेटिएको चलचित्र बढि हेर्छु । यि बाहेक घरमै बसेर बुबा मम्मीसँगै दिन बिताउँछु । दिउँसो ४/५ बजेतिर हल्का नास्ता लिन्छु । साँझ परेपछि एकैछिन टिभी हेर्छु । टीभीमा पनि न्युजहरु बढी हेर्छु र साँझ ८ बजेतिर खाना लिन्छु । एकै छिन् बुबा मम्मीसँगै बसेर गफ गरेपछि ९/१० बजेतिर बेडमा जान्छु ।