मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्याप्पि एनिभर्सरी जीवनजली !

फिल्मीखबर, काठमाण्डौ, 2011/05/05

भनिन्छ, फाटेको लुगा र ढाँटेको कुरा कहिल्यै छिप्दैन रे ! यो भनाई नायक जीवन लुईटेलमा पनि लागु भएको छ । अर्थात उनले जुन कुरा लुकाउन चाहन्थे त्यो कुरा लुक्न सकेन ।

 

प्रसङ्ग हो नायक जीवन लुईटेलको बिबाहको । यि नायकले आज भन्दा ठिक चार बर्ष अघि बिबाह गरेका थिए जुन कुरा उनले कसैलाई भनेका थिएनन् । तर करिब एक बर्ष अघि एक साप्ताहिकले उनको बिबाह भएको कुरा फेसबुकबाट पत्ता लगाएको थियो । जब सो कुरा बाहिर आयो त्यसपछि जीवनले आफ्नो बिबाह भएको कुरा स्विकारेका थिए । तर आफ्नी जीवनसंगिनीको तस्विर भने आँफैले आज पहिलो पटक औपचारिक रूपमा सार्वजनिक गरेका छन् । त्यो पनि फेसबुक मार्फत ।

 

आजकै मिती अर्थात ०६४ साल बैशाख २२ गते काठमाण्डौ निवासी अञ्जली शर्मासँग प्रेम बिबाह गरेका 'न्यू फ्लिक्स अफ आवोर लभ' नाम राखिएको सो एल्बममा जीवन र अंजलीको ६ वटा तस्विर देख्न सकिन्छ । हाल अष्ट्रेलियामा रहेकी आफ्नी जीवनसंगिनी अंजलीका लागि जीवनले आफ्नो फेसबुकको वालमा कविता पनि लेखेका छन् । यसैगरी अंजलीले पनि आफ्नो वालमा आफ्ना जीवनसाथी जीवनलाई एनिभर्सरीको शुभकामना व्यक्त गर्दै निकै मिस गरिरहेको कुरा उल्लेख गरेकी छिन् ।

 

केहि बर्ष देखि अंजलीबाट टाढा रहेका जीवन उनलाई भेट्न एक बर्ष अघि अष्ट्रेलिया पनि पुगेका थिए । पढाईको सिलसिलामा अष्ट्रेलियामा रहेकी उनकी जीवनसंगिनी अंजली अबको एक बर्ष भित्रमा नेपाल फर्कने बुझिएको छ । त्यसपछि मात्र जीवन सदाका लागि अंजलीसँग बस्नेछन् । अहिले त उनीहरू एक अर्कालाई मिस गर्न बाहेक अरू केहि बिकल्प छैन । किनकी जीवन चलचित्रको रंगिन दुनियाँमा नै व्यस्त छन् भने अंजली कंगारूको देशमा आफ्नो अध्ययनलाई अगाडी बढाउनमा नै व्यस्त छिन् ।

 

चलचित्र 'नाइ नभन्नु ल' बाट एकाएक चर्चामा आएका सन् २००२ का मिस्टर नेपाल जीवनले हालसम्म करिब एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । उनले भर्खरै मात्र अभिनय गरेका तीन चलचित्र 'म तिम्रो भईसकें', 'जब जब माया बस्छ' र 'मालतीको भट्टी' प्रदर्शनको क्रममा रहेका छन् । यि ह्यान्डसम नायकलाई फिल्मीखबर डटकम परिवार चलचित्र क्षेत्रमा सफलता मिलोस् भन्दै सुखद दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छ । ह्याप्पि एनिभर्सरी जीवनजली !