मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा नेपाल लिथुवानियाँ चलचित्र महोत्सव हुने

फिल्मीखबर, काठमाण्डौ, 2011/05/05

नेपाल पेभिलियन कम्पनी र लिथुवानियाँ राजदुतावासको संयुक्त आयोजनामा राजधानीमा नेपाल लिथुवानियाँ चलचित्र महोत्सव हुने भएको छ । नेपाल र युरोपको उत्तरी भेगमा पर्ने मुलुक लिथुवानियाँ बीचको कला संस्कृति आदान प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको सो चलचित्र महोत्सव १३ मे देखि १५ मे सम्म राजधानीको रसियन कल्चर सेन्टरमा सञ्चालन हुँदैछ ।

 

महोत्सवमा दुई देशका कलासंस्कृति, राष्ट्रियता, समाजबालमनोबिज्ञान, महोत्सवमा दुई देशका कलासंस्कृति, राष्ट्रियता, समाज, पारिवारिक तथा बालमनोबिज्ञानमा आधारित करिब ११ चलचित्र प्रदर्शन गरिंदै छ जसमा नेपालका तर्फबाट पाँच चलचित्र र लिथुवानियाँका तर्फबाट ६ चलचित्र समावेश गरिंने बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । महोत्सवले दुबै देशको सिनेमा निर्माणको अवस्था माथि बहस गर्ने एउटा मञ्च सावित गर्ने बिश्वास नेपालका लागि लिथुवानियाँका बाणिज्यदूत रामेश्वर सापकोटाले लिएका छन् ।

 

महोत्सवमा लिथुवानियाँका ६ चलचित्र 'चिल्ड्रेन फ्रम होटल अमेरिका', 'बिफोर फ्लाइङ ब्याक टु अर्थ', 'फ्लाईट ओभर लिथुवानिया अर 510 सेकेण्डस् अफ साइलेन्स', 'द कलेक्टर्स', 'फेयरवेल' र 'यू एम आई' स्क्रिनिङ गरिंदैछ भने नेपालका तर्फबाट स्क्रिनिङ गरिने चलचित्रको छनोट हुन बाँकी नै छ । यसैगरी महोत्सवमा बरिष्ठ निर्देशक प्रताप सुब्बा र एक प्राविधिक महेन्द्र लामालाई सम्मान गरिंदैछ भने प्रताप सुब्बाद्वारा निर्देशित चलचित्र 'परालको आगो' महोत्सवको उदघाटन सत्रमा स्क्रिनिङ गरिंदैछ ।

 

महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि निर्देशक बिमल पौडेल, नायक रेश मरहठ्ठा, नेपाल पेभिलियन कम्पनीका प्रबन्ध निर्देशक नरेश श्रेष्ठ र सञ्चारकर्मी किरण मरहठ्ठा सहितको एक समिती गठन गरिएको छ । जसमा संयोजकमा निर्देशक समाजका उपाध्यक्ष बिमल पौडेल, अन्तराष्ट्रिय चलचित्र परामर्शकका रूपमा नायक रेश मरहठ्ठारहेका छन् भनेप्रचार प्रसार समितिका रूपमा सञ्चारकर्मी किरण मरहठ्ठा रहेका छन् ।

 

नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायाँकनको लागि उपयुक्त स्थलको रूपमा बिश्व सामु स्थापित गर्ने, लिथुवानियाँको सरकारी टेलिभिजनबाट उत्कृष्ट नेपाली चलचित्र सब्टाइटल गरी प्रसारण गर्न पहल गर्ने तथा एकअर्काको देशमा बन्ने चलचित्रमा कलाकारलाई अभिनयको मौका दिने मुख्य तीन उद्देश्य सहित आयोजना हुन लागेको सो महोत्सवकोजुरीको रूपमा बरिष्ठ निर्देशक त्रय लक्ष्मीनाथ शर्मा, किशोर राना र रमेश बुढाथोकी रहेका छन् ।