मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा पनि जाग्दै सिनेमा

अर्पण ढकाल, धरान, 2011/05/07

०६७ सालमा चलचित्रको व्यापार सुस्ताए पनि ०६८ को सुरूवातमा भने व्यापार जाग्न थालेको छ । चलचित्रहरूको कलेक्सन राजधानीमा मात्र नभएर मोफसलका हलहरूमा पनि राम्रै देखिएको छ । जसले गर्दा निर्माता, बितरक तथा हलवालाहरूमा केहि उत्साह देखिन थालेको छ ।
 

 

०६८ सालको सुरुवातसँगै केही चलचित्रहरुले पुर्वमा राम्रो व्यापार गरिरहेका छन् । चैत्र २५ बाट प्रदर्शनमा आएका चार चलचित्र निगरानी, प्रहार, प्रितीको फूल र म बिर्सुं कसरीले  पुर्वमा व्यापार राम्रो गरिरहेको हलवाला तथा वितरकहरुको भनाई छ । निगरानी र प्रहारको व्यापार उत्साह जनक रहेको छ  भने प्रितीको फूल र म बिर्सुं कसरीले पनि  निर्मातालाई दुखी भने बनाएको छैन  ।

 

बैशाख १६ गतेबाट मोफसलमा प्रदर्शन भईरहेको अर्को चलचित्र 'मार्‍यो नि मायाले मार्‍यो' को व्यापार भने राम्रो देखिएको छैन । प्रचार प्रसारको कमी र फितलो प्रस्तुतीको कारणले दर्शकहरूलाई चलचित्रले तान्न नसकेको एक हल सञ्चालक बताउँछन् । यस्तै बैशाख ३० बाट थप दुई चलचित्र देशव्यापी प्रदर्शन सँगै पुर्वका हलमा पनि लाग्ने भएका छन्  ।  उपत्यका भित्र यति वेला उत्साह प्रद व्यापार गरिरहेको नवल खड्काको दसगजा पुर्वका डिसिएन सर्वर जडित हलहरुमा प्रदर्शनमा आउँदै छ । चलचित्रमा  भारतले गरेको सिमा अतिक्रमण र राष्ट्रियताको सवाल उठाइएको छ ।

 

यसै गरि शंकर घिमिरेको  निर्देशनमा बनेको  धर्म र राष्ट्रियताकै कथामा निर्मित चलचित्र वीरताको चिनो पनि त्यसै मितीमा प्रदर्शन हुँदैछ । केहि समय अगाडी अष्ट्रेलिया तथा युरोपका केहि मुलुकमा प्रदर्शन भएर दर्शकलाई खासै राम्रो छाप छोड्न नसकेको सो चलचित्रले नेपालमा भने कस्तो छाप छोड्ने हो त्यो हेर्न बाँकी नै छ ।  तर दुवै चलचित्रको कथाले राष्ट्रियातको सवाललाई उठाएकोले यी चलचित्र बिच कडा प्रतिष्पर्धा हुने देखीएको छ ।

 

राष्ट्रियताका कथा बोकेका दुई चलचित्र मध्ये दशगजामा राजेश हमाल र निखिल उप्रेती प्रमुख भुमिकामा छन् भने वीरताको चिनोमा बिराज भट्ट र सुमन सिंह मुख्य भुमिकामा छन् । यि चार कलाकार नै दर्शकको नजरमा सफल कलाकार मानिन्छन् जसले गर्दा पनि यि चलचित्र बिच प्रतिश्पर्धा हुने देखिएको छ । एउटै मितीमा प्रदर्शन हुँदा दर्शकले भने कुन चलचित्रलाई रूचाउने हुन् केहि भन्न सक्ने अवस्था छैन तर पनि राजधानीमा राम्रै सफलता पाएको दशगजाले दर्शकको बढि ध्यान केन्द्रित गर्न सक्ने बिश्वास हल सञ्चालकहरूले लिएका छन् । हेरौं हलवालाहरूको अनुमानले फेल खान्छ कि खाँदैन हामी नतिजाको प्रतिक्षामा छौं ।