मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा जय शिब शंकर

फिल्मीखबर, काठमाण्डौ, 2011/05/08

चलचित्र निगरानीलाई दर्शकले निगरानी गरेपछि निर्माता शुसिल पोखरेल अहिले अर्को चलचित्र 'जय शिब शंकर' को प्रचार प्रसारमा लागि परेका छन् । उपत्याका बाहिर राम्रै सफलता पाएर राजधानीमा बर्ष दिन देखि पालो कुरेर बसेको यो चलचित्र आगामी शुक्रबार रिलिज हुने भएको छ ।

 

बैशाख ३० गतेबाट बिश्वज्योती, गंगा, गोपीकृष्ण, गुण, कलंकी, बाराही लगायतका करिब एक दर्जन सिनेमा घरमा प्रदर्शन हुन लागेको 'जय शिब शंकर' मल्टिस्टार चलचित्र हो । यसमा रजतपतका एक्सन नायक राजेश हमाल, निखिल उप्रेती र बिराज भट्टको अभिनय रहेको छ । राजेन्द्र उप्रेतीद्वारा निर्देशित सो चलचित्रमा यि तीन नायकको साथमा सञ्चिता लुईटेल, राजेश ढुंगाना, मिथिला शर्मा, रेजीना उप्रेती, पूजना प्रधान लगायतले अभिनय गरेका छन् ।

 

आफ्नो चलचित्रमा मल्टिस्टार रहेकाले दर्शकले निगरानी भन्दा बढि रूचाउन सक्ने बिश्वास निर्माता पोखरेलले लिएका छन् । उनी भन्छन्, 'मेरो यो चलचित्र हरेक पक्षबाट राम्रो छ । त्यसैले पनि यसले दर्शकलाई खुसी पार्न सक्छ ।' बिकाश आचार्यको लेखन रहेको एक्सन प्रधान चलचित्र 'जय शिब शंकर' मा हिमाल केसीको द्वन्द, शम्भु सापकोटाको छायाँकन रहेको छ । यो चलचित्र तीन बर्ष अघि छायाँकन गरिएको हो ।