मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किसर हिरो बन्दै मुकेश

फिल्मीखबर, काठमाण्डौ, 2011/05/08

रजतपटका नायक मुकेश ढकाल किसर हिरो बन्ने कुरामा अब भने दुई मत नहोला । यस अघि आफ्नो मान्छे आफ्नै हुन्छ र निगरानीमा नायिका अरूणिमा लम्साललाई किस गरेका मुकेशले अहिले फेरि नायिका नीता ढुंगानालाई किस गरेका छन् ।

 

हुनत नेपाली चलचित्रमा अझै पनि किस सिन हेर्न दर्शकहरू अफ्ठ्यारो मान्छन् तर मुकेश भने निर्धक्कका साथ नायिकालाई किस गर्न माहिर छन् । कतै उनी बलिउडका हिरो इमरान हासमी जस्तै किसर हिरो बन्न लागेका त हैनन् ? करिब नौ चलचित्रमा अभिनय गरिसकेका यि नायकले तीन चलचित्र नायिकासँग किस सिन दिईसकेका छन् । तर ती किस सिन कथाको माग नै रहेको नायक ढकाल दाबी गर्छन् । उनी भन्छन्, 'मैले गरेका सबै किस सिनले चलचित्रमा अर्थ बोकेका छन् ।'
 

 

नायक ढकालले पहिलो पटक चलचित्र निगरानीमा अरूणिमालाई किस गरेका थिए । त्यसपछि निर्देशक ऋषि लामिछानेले चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ मा पुन: नायिका अरूणिमा लम्सालसँग नै किस सिन राखे । त्यो बेला मुकेश र अरूणिमाको किस सिनले रजतपटमा खुबै हल्लाखल्ल पनि मच्चाएको थियो । त्यहि हल्लाखल्लाको कारणले हो या अरू केहि कारणले हो निर्देशक लामिछानेले आफ्नो पछिल्लो चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' मा नायिका नीतासँग किस गर्न लगाए । पहिले जस्तै यस चलचित्रमा पनि मुकेशले निर्धक्कका साथ नायिकालाई किस गरेको चलचित्र निर्माण युनिटको भनाई छ ।

 

किस सिन के साँच्चिकै कथाकै माग हो त ? कि चलचित्रको प्रचारप्रसारमा सहयोग पुगोस् भने निर्माता निर्देशकको माग हो ? निर्माता प्रदिप उदय भन्छन्, 'किस सिन राखेर म सस्तो प्रचारप्रसार गर्ने मान्छे हैन । यो त मेरो कथाको माग नै हो ।' हुनत सबै निर्माता यसै भन्छन् तर कतिपयले चलचित्रमा किस सिन रमाईको र सस्तो प्रचार प्रसारकै लागि प्रयोग गरेका हुन्छन् । तर जेहोस् कथाकै माग भएपनि नायक ढकाललाई भने रमाईलो पक्कै भयो होला । कि कसो किसर हिरो ?