मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्पेनकी महिलाको 'काठमाण्डू सङ्ग'

फिल्मीखबर, काठमाण्डौ, 2011/05/09

स्पेनकी महिला निर्देशक आइसर बोलेनले नेपाली पुरुषसँग विहे गरेकी एक स्पेनी महिला विकी सुविरानाको कथामा आधारित रहेर चलचित्र 'काठमाण्डू सङ्ग' को निर्देशन गरिरहेकी छिन् ।

 

केहि बिदेशी र केहि नेपाली कलाकारले अभिनय गरिरहेको सो चलचित्रको छायाँकन अहिले काठमाण्डौमा नै भईरहेको छ । जोमसोममा १० दिन सम्म छायाँकन गरेर टोली केहि दिन अघि काठमाण्डौ ओर्लेको हो । नेपालका नर्वु गुरूङ नायक रहेको सो चलचित्रमा नायिका भने एक बिदेशी नागरिक रहेकी छिन् । त्यसैगरी नेपालका थुप्रै कलाकारहरूले सो चलचित्रमा अभिनय गर्दैछन् । अडिसन लिएर कलाकार छनोट गरिएको एक प्रोडक्सन म्यानेजरले फिल्मीखबरलाई जानकारी गराए । उनका अनुसार चलचित्रमा निर्देशक, नायिका देखि क्यामेराम्यान सहितका मुख्य व्यक्ति बिदेशी छन् भने अधिकांश टेक्निसियनहरू नेपाली छन् । जसमा करिब १३ जना नेपालीहरूले प्रोडक्सनको काम गरिरहेका छन् ।

 

नेपाली कथालाई ओस्कारमा पुर्‍याउने लक्ष्य लिएर निर्माण गरिन लागेको सो चलचित्रलाई लेरी लेभोन्कोले निर्माण गर्दै छिन् भने सो प्रोजेक्टलाई हेर्ने काम नेपाली कम्पनी साईलेन्स इन्टरटेन्मेन्टले गर्दैछ । अर्थात प्रोडक्सनको जिम्मा सो कम्पनीले लिएको छ । करिब ३५ करोड रूपिँया खर्चिन लागिएको सो चलचित्रको जिम्मा शुरूमा निर शाहलाई दिईएको थियो तर उनले आफ्नो बिश्वसनियता देखाउन नसकेपछि साईलेन्सलाई जिम्मा लगाईएको हो । अहिले सो चलचित्रको मुख्य प्रोडक्सन म्यानेजर साईलेन्स इन्टरटेन्मेन्टका तर्फबाट 'व्याच नं १६' का निर्देशक पिताम्बर पाण्डे रहेको बुझिएको छ ।

 

जोमसोम बाहेक चलचित्रको छायाँकन काठमाण्डौ, ललितपुर र भक्तपुरमा गरिंदैछ । अहिले सो चलचित्रको छायाँकन डिल्लिबजारमा रहेको एक स्कुलमा हुँदैछ ।