मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चर्चा दिलिपकी सालीको

फिल्मीखबर, काठमाण्डौ, 2011/05/10

नायिका नम्रता श्रेष्ठले चलचित्र 'मिस यू' मा अभिनय गरेको त सबैलाई थाहा नै छ । तर उनले अभिनय गर्नुभन्दा अगाडी के कस्तो हल्ला चलेको थियो भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।

 

कुरा हो चलचित्र 'मिस यू' को छायाँकन पूर्व चलेको हल्लाको । जुन बेला नायिका नम्रतका एक काण्डले गर्दा निकै चर्चामा थिईन् त्यो बेला 'मिस यू' मा नायक दिलिपले उनलाई लिने सोच बनाए । सञ्चारमाध्यममा राम्रै हल्लाखल्ला पनि भयो । त्यसपछि 'मिस यू' को छायाँकनका लागि नायक दिलिप रायमाझीले नायिका नम्रता श्रेष्ठ, नवनायक बरूण राणा र आफ्नि साली अनिता दाहाललाई लिएर मलेसिया पुगे । तर हल्ला यस्तो पनि आयो कि मलेसियामा नम्रतालाई सुटिङ गर्न नदिने । त्यहि बेला दिलिपलाई अर्को आरोप पनि लाग्यो कि नम्रतालाई सुटिङ गर्न नदिए आफ्नी सालीलाई खेलाउने । त्यहि भएर उनले साली लगेका हुन् ।

 

हल्ला जे जस्तो आए पनि सत्य त्यहि थियो कि 'मिस यू' मा नम्रता नै हुन् । सुटिङ पनि राम्रै वातारणमा सकियो । तर दिलिपले आफ्नी साली अनितालाई किन मलेसिया लगे त ? कुरा सिधा छ कि उनले मलेसियामा सुटिङ गर्नुभन्दा अगाडी हुने भएको एक कन्सर्टमा डान्स गराउने लगेका थिए । त्यहि बेला देखि नै उनकी साली निकै चर्चामा आईन् । धेरैले दिलिपकी सालि पनि अब फिल्म खेल्न सक्ने अनुमान लगाए । अहिले त्यो अनुमान पनि मिलेको छ । हो उनी चलचित्र 'सायद' बाट डेब्यू गरेकी छिन् ।

 

शंकरदेब क्याम्पसमा बिबिएस पहिलो बर्षमा अध्यनरत अनितालाई निर्देशक सुरज सुब्बाले आफ्नो चलचित्र 'सायद' मा ब्रेक दिएका हुन् । सानै देखिको आफ्नो अभिनय गर्ने रहर रहेको बताउने अनिता सो चलचित्रमा अभिनय गर्न पाउँदा निकै खुसी छिन् । आफ्नी दिदी र भिनाजुको प्रेरणाले गर्दा चलचित्र क्षेत्रमा लागेको उनको भनाई छ । अनुप बरालसँग अभिनय कोर्ष र पुनम राईसँग डान्स सिकेकी अनिता अहिले राजेन्द्र उप्रेती निर्देशित चलचित्र 'कस्लाई आफ्नो भनूँ' मा अभिनय गर्दैछिन् ।

 

मेरो एउटा साथी छ, दर्पणछायाँ, व्याच नं १६ जस्ता चलचित्र मन परेको बताउने अनिताले यस्ता चलचित्र बने उधोगको बिकास पनि हुन सक्ने उनको भनाई छ र उनी पनि यस्तै खालमा चलचित्रमा अभिनय गर्न मन लाग्ने गरेको बताउँछिन् । तर यि नवनायिका केहि समयपछि भने चलचित्र क्षेत्रबाट केहि समयका लागि टाढिने बताउँछिन् । ब्याचरको पढाई सकेर थप अध्ययनका लागि बिदेश जाने सोचमा रहेकी यि नव नायिका बिदेशमा केहि समय बसेर नेपाल फर्केपछि पुन: चलचित्रमा नै लाग्ने बताईन् । उनी जहाँ गएपनि राम्रो काम गरुन् हाम्रो शुभकामना !