मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारी पैसामा चलचित्र बनाउने सपना चकनाचुर

फिल्मीखबर, काठमाण्डौ, 2011/05/10

१० बर्षअघि सुभाष गजुरेलको चलचित्र 'बसाई' बाट नायिका भएकी रञ्जु लामिछाने आफ्नो अभिनय यात्रालाई पाखा लगाउँदै चलचित्र निर्देशन गर्ने तयारीमा जुटेको करिब एक बर्ष भयो । उनले निर्देशन गर्ने भनेको चलचित्रको एक बर्ष बितीसक्दा पनि कुनै अत्तोपत्तो छैन । गफ गर्न सजिलो हुन्छ तर काम गरेर देखाउन निकै गार्हो हुन्छ ।यस्तै भएको छ अहिले रञ्जुलाई । उनले चलचित्र निर्देशन गर्छु भनेर गफ त दिईन् तर अहिले सम्म काम गरेर देखाउन सकेकी छैनन् ।
 

 

हास्य टेलिचलचित्र तितो सत्यमा 'स्वीटी' को भूमिकामा देखिएपछी निकै चर्चा कमाएकी लामिछानेले आफ्नै पिता गोपाल लामिछानेको लगानीमा चलचित्र निर्देशन गर्ने बताएकी थिईन् तर उनको सो कुरा कुरामा नै सिमित भएको छ । उनले किन चलचित्र बनाउन सकेकी छैनन् ? यो बिषयमा सबैलाई चासो लाग्न सक्छ । चासो लाग्नु पनि स्वाभाविक नै हो । किनकी झण्डै १०  वटा टेलिचलचित्रमा  अभिनय गरेकी  लामिछानेले   ७ वटा चलचित्रमा नायिका भएर काम गरिसकेकी छिन् र उनले तिनै कामबाट राम्रै चर्चा पाएकी पनि छिन् ।

 

रञ्जुले निर्देशन गर्ने भनेको चलचित्र रोकिनुको कारण बडा गजबको छ । कुरा के भने सो चलचित्रलाई रञ्जुले आफ्नै पिताले निर्माण गर्न लागेको बताएपनि निर्माता भने अरूनै रहेको बुझ्नमा आएको छ । हुनत ति व्यक्ति पनि रञ्जुकै आफन्त हुन् रे ! सिक्किमको सरकारसँग राम्रो पहुँच भएका उनका आफन्तले सरकारी पैसामा सो चलचित्र निर्माण गर्न लागेका थिए रे तर अहिले गोर्खाल्याण्डको आन्दोलन चर्कोरहेकोले सरकारले पैसा दिन नसक्ने बताएपछि चलचित्रको काम अगाडी बढ्न नसकेको बुझिएको छ ।

 

यसरी सरकारी पैसामा चलचित्र निर्देशन गर्ने सोचमा रहेकी रञ्जुको निर्देशक बन्ने सपना मात्र चकनाचुर भएन कि उनको हुनेवाला श्रीमान सुरेन्द्र देयालीलाई नायक बनाउने सपना पनि चकनाचुर भएको छ । चलचित्र बन्न नसकेपछि सो चलचित्रमा अभिनय गर्ने भनेका कलाकार र प्राबिधिक अहिले अन्यौलमा छन् । उनीहरू चलचित्र बन्छ कि भन्ने आशमा छन् तर रञ्जुको भने अत्तोपत्तो छैन । हुनत चलचित्र निर्माण नहुँदै कलाकारहरू निकाल्ने र राख्ने नाटक पनि रञ्जुले नगरेकी हैनन् । शुरूमा अनिता दाहाललाई नायिका बनाउने भनिएको थियो तर पछि केकी अधिकारीलाई लिने निर्णय गरियो । त्यस्तै नायक उत्तम प्रधानलाई पनि बचन दिएर पछि मुकेश ढकाललाई एग्रिमेन्ट गरियो । अहिले यि कलाकार पनि छोड्ने मुडमा छन् ।
 

 

रञ्जुको यस्तो नाटकसँगै अर्को नाटक पनि यहि चलचित्रसँग जोडिएको छ । रञ्जु निर्देशन बनेर मात्र बिबाह गर्ने योजनामा थिईन् तर उनको योजना योजनामै सिमित भएको छ । कतै रञ्जुले बिबाह पनि सरकारी पैसामा गर्न खोजेर अड्किएको त हैन ? यदि त्यसो हैन भने आशा गरौं रञ्जु निर्देशक बनेको कुरा छिट्टै सुन्न नपाएपनि बिबाह गरेको कुरा भने छिट्टै सुन्न पाईयोस् । केटीले भाँडाकुँडी खेले जस्तो खेल हैन ।

 

केहि समय अगाडी रञ्जुसँग फिल्मीखबरले गरेको कुराकानी पढ्नका लागी तलको लिङ्कमा क्लिक गर्नुहोला ।

बिहे गर्न हतार पनि छैन - रञ्जु लामिछाने 'स्वीटी'