मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ २७ को प्रतिक्षामा दुलही

फिल्मीखबर, काठमाण्डौ, 2011/05/10

अहिले नायिका सुमिना घिमिरेको ढुकढुकी निकै बढिरहेको छ । एकातिर उनलाई निकै डर लागिरहेको छ भने अर्का तिर उनी निकै खुसी पनि छिन् । आफूले अभिनय गरेको चलचित्र पहिलो पटक सार्वजनिक हुन लागेकोले उनमा एक किसिमको उत्साह छ । अहिले उनी जेठ २७ गतेको प्रतिक्षामा छिन् ।

 

नायिका सुमिना रजतपटमा प्रवेश गरेको दुई बर्ष पनि पुगेको छैन । तर उनले करिब दुई बर्षको आफ्नो अभिनय यात्रामा आधा दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले पहिलो पटक अभिनय गरेको चलचित्र हो 'छबिलाल कन्जुस छैन' । त्यसपछि उनले लगातार रूपमा सडक, जय होस्, किन मायामा, दुलही पापी रात, तिम्रो लागीमा अभिनय गर्न भ्याईन् । अहिले उनी हल्लो प्रकृती नामक चलचित्रको छायाँकनमा व्यस्त छिन् ।

 

एउटा पनि चलचित्र रिलिज नभई एक पछि अर्को चलचित्रमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी कलाकार ठान्ने यि नायिकाको पाँचौ चलचित्र 'दुलही' सार्वजनिक हुँदैछ । आफूले अभिनय गरेको चलचित्र पहिलो पटक सार्वजनिक हुना लागेकोले अहिले उनको भुईंमा खुट्टा छैन । महानायक राजेश हमालको दुलही भएर अभिनय गरेको सो चलचित्रको राम्रो चर्चा चलिरहेको र गीतहरू पनि अत्याधिक मात्रामा रूचाईएकोले पनि उनी निकै खुसी छिन् ।

 

जेठ २७ गते देशभर एकसाथ सार्वजनिक हुन लागेको सो चलचित्रलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । ओ.एस.आर. फिल्मसको व्यानरमा हर्षिता केसीले निर्माण गरेको सो चलचित्रमा सुमिनाको साथमा राजेश हमाल, करिष्मा मानन्धर, मुकेश ढकाल, रवि गिरी, सरोज केसी, सुरविर पण्डित, रष्मी भट्ट लगायतका कलाकारहरूले अभिनय गरेका छन् । अष्ट लामाको संगीत रहेको सो चलचित्रमा रामबहादुर बाडे, उदितनारायण झा, साधना सरगम, जाबेद अली, सुनिधी चौहान, संजीवनी र मंजीरा गाँगुलीले स्वर दिएका छन् । चलचित्रका गीतहरू दयाराम पाण्डे र बाबुराम ढकालले लेखेका हुन् भने पार्श्व संगीत दिनेश सुनामको रहेको छ ।

 

चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको द्वन्द, पुनम राई, कविराज गहतराज र शंकर बिसीको नृत्य तथा बिपिन मल्लको सम्पादन रहेको छ । सपना, चाहना, संस्कार, त्याग, तपस्या, बलिदान, प्राप्तीहरूको संयोगको रूपमा लिईएको चलचित्र दुलहीको कथा बाबुराम ढकालले लेखेका हुन् ।