मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिसीले खान छोडे रे !

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/12

कलाकार, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले खाना खान छाडे छन् । डिसीले खाना खान छोडेको थाहा पाएपछि डिसी बिरामी परेकी भनेर बुझ्दा उनी सन्चै भएको खवर प्राप्त भयो । त्यसपछि सम्झना आयो केही समय अघि एक धार्मिक कार्यक्रम उद्घोषण गर्दै गर्दाको क्षण अनि लाग्यो डिसी त धार्मिक भएछन् । उनी व्रत बस्न थालेछन् ।

 


यहाँ कसैले धर्म परिवर्तन गरेको त कोहीले ध्यान गर्ने गरेका खबरहरू आईरहँदा हामीलाई जान्न मन लाग्यो साच्चै डिसीले किन ब्रत थाले होलान् ?  बुझ्दै जाँदा थाहा भयो उनी बिरामी भएर वा आस्तिक भएर व्रत बस्न थालेका भने हैन रहेछन् । अनि शंका लाग्यो महंगीले त हैन ? महंगीले त झन् के हुन्थ्यो राम्रो कमाउछन् डिसी । खाना पनि खादैनन्, बिरामी पनि छैनन्, ब्रत पनि बसेका हैनन् । आखिर किन होला त उनले खाना नखाएको ? हामीले डिसीलाई नै भेटेर सोध्यौ । प्रश्न सुन्ने बित्तीकै उनी मज्जाले हाँसे र जवाफ दिए, 'यो मैले डाइटिङ गरेको ।'

 

यहाँ अभिनयमा ब्यस्त भनेका नायक नायिकाले त आफुलाई मेन्टेन गरिरहेका छैनन् । आखिर डिसीले किन डाइटिङ थालेछन् त ? उनि भन्छन्, 'मैले चलचित्रमा कलेज व्वाईको अभिनय गर्नु पर्ने भो । चरित्र माथि न्याय त गर्नै पर्‍यो नि !' भर्खरको ठिटोको भुमिका निर्वाह गर्न लागेका डिसीले खाना खाए पनि थोरै खाने गरेको बताए । खाना त खान छोडे छोडे कलेज व्वाई हुनका लागी उनले कपाल समेत रङ्गाएका रहेछन् ।



डिसीले छिट्टै नै द्वन्द निर्देशक एनबी महर्जनले निर्देशन गर्न लागेको चलचित्र 'पार्टनर' मा कलेज व्वाईको भुमिकामा अभिनय गर्दैछन् । धन्य डिसी ! अभिनयलाई जीवन्तता दिनु त यसरी ।