मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्दका कारण ५० लाख ब्यापार घाटा

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/13

आदिबासी जनजाती महासंघ नेपालले आब्हान गरेको नेपाल बन्दका कारण नेपाली चलचित्र क्षेत्र पनि प्रभावित भएको छ । बन्दका कारण आजबाट प्रर्दशनमा आउने भनिएका २ चलचित्र बिरताको चिनो र जय शिब शंकर प्रर्दशन हुन सकेनन् ।

 


चलिरहेका र आजबाट चल्ने भनिएका चलचित्रहरु प्रर्दशन हुन नसक्दा ४०-५० लाखको ब्यापार घाटा चलचित्र उधोगले बेहोर्नु परेको चलचित्र निर्माता बितरक तथा नेपाल चलचित्र संघका उपत्यका सभापति सुनिल मानन्धरले जनाएका छन् । उनले आजको बन्दले निर्मातालाई राजधानीबाट मात्रै २०-२५ लाख ब्यापार घाटा भएको जनाएका छन् ।

 


२०६७ मा चलचित्र क्षेत्रले ठुलो ब्यापार घाटा बेहोरेको छ । ०६८ को सुरुवातमा केही राम्रो संकेत देखिए पनि लगातारको बन्दका कारण भर्खर - भर्खर तङ्ग्रिन लागेको नेपाली चलचित्रको ब्यापारलाई फेरी थिचेको छ । बुधबार मात्रै पश्चिमाञ्चल बन्द भयो । त्यो दिन त्यस क्षेत्रका सबै चलचित्र हल बन्द भए । आज देशभरका चलचित्र हलहरु बन्द हुने मानन्धर बताउछन् ।

 


यसैगरि बन्दकै कारणले चलचित्रको छायाँकनमा पनि अबरोध आएको छ । राजधानी र राजधानी बाहिर छायाँकन भईरहेका करिब आधा दर्जन चलचित्रहरूको छायाँकन आज हुन सकेन जसले गर्दा निर्माताहरू निकै मर्कामा परेको बताउँछन् । राजधानीमा यो महिना भएको आज दोस्रो बन्द हो । यसअघि वैशाख १४ गते नेवाः र तामसालिङ राज्यको माग गर्दै उपत्यका र वरपरका जिल्ला बन्द भएको थियो ।

 

स्मरण रहोस् ०६७ सालको सुरूवातमै माओवादीको बन्दले गर्दा ०६७ साल नेपाली चलचित्र उधोग कालो बर्षको रूपमा घोषणा भएको थियो । अहिले पुन: नयाँ बर्षको शुरूवातसँगै भएका बन्दहरूले गर्दा ०६८ साल पनि कालो बर्षको रूपमा घोषित नहोला भन्न सकिन्न । सबैलाई चेतना भया !