चलचित्र निर्माता, बितरक तथा नेपाल चलचित्र संघका उपत्यका सभापति सुनिल मानन्धर आज दिल्ली जादैछन् । १२ बजेको फ्लाइटबाट दिल्ली प्रस्थान गर्न लागेका सुनिल बन्दका कारण आफु हिडेरै एयरपोर्ट तर्फ लागेको बताए ।
सिक्किमबाट बनाइएको नेपाली चलचित्र 'किन मायामा' को कामको सिलसिलामा सुनिल दिल्ली जान लागेका हुन् । सुनिलले यस चलचित्रको बितरण मात्र नभएर निमार्णको सबै जिम्मा लिएका थिए । अहिले चलचित्रको प्राबिधिक कार्य दिल्लीमा भै रहेकोले आफु त्यस तर्फ जान लागेको बताए । सोमबार नेपाल फर्कने जानकारी दिदै उनले चलचित्रको सम्पुर्ण काम सकेर त्यसलाई पनि लिएर आउने जानकारी दिए ।
गोर्खा पल्टन स्टार प्रशान्त तामाङ अभिनित यस चलचित्रमा उनलाई नायिका सुमिना घिमिरेले साथ दिएकी छिन् । चुन्नीलालको निर्देशनमा बनेको यस चलचित्रको सम्पुर्ण प्राबिधिक काम सकिनै लागेको बितरक मानन्धरले जानकारी दिए । यो चलचित्रको प्रर्दशन मिति तय नभए पनि जति सक्यो चाडै प्रर्दशन गर्ने सुनिलको भनाई छ ।