मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजबल्लभ चिन्तित

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/14

यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छेउ
साच्चै नबुझ्ने हौ कि नबुझे जस्तै गर्छेउ ...


डा. कृष्णहरी बरालका यि शब्दहरु अहिले चल्तीका नायक राजबल्लभ कोइरालाले बोल्न थालेका छन् । देशको वर्तमान अवस्थाबाट आफु चिन्तित रहेको भन्दै उनले देशको अवस्थाबाट चिन्ता सुरु भएको अनी त्यही चिन्ता दैनिक जीवनको अभाबहरु बनेर आउने बताए ।

 
भुपि शेरचनले घुम्ने मेच माथि अन्धो मान्छेमा उल्लेख गरेका केही पत्तिहरु सम्झदै उनले भने, 'हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक २-४ सपूत मरेर नगए भन्थे तर यहाँ त हजारौं सपूतहरु देशको लागि मरे खै के भयो ?' आफ्नो प्रश्न सकिन नपाउदै फेरी बोले, 'अब यहाँ केही हुँदैन । ' देशको अस्थिर राजनितीले हरेक कुरा र हरेक ब्यक्ति प्रभावित भएको बताउदै उनले दुखि भए पनि कतिले बताउने र कतिले नबताउने गरेको उल्लेख गर्दै संविधान बन्ने नबन्ने कुरा अन्यौलमा रहेको बताए । तर पनि सास भए सम्म आशा मार्न नहुने उनको भनाई छ ।


फिल्म भन्दा ठुलो जनताको समस्या भएको बताउदै उनले भने, 'जनताले काम पाए भने थोरै खर्च गरेर फिल्म हेर्न सक्छन् । हामी सम्पुर्ण रुपमा देशको अवस्थाबाट प्रभावित छौ चलचित्र क्षेत्रको के कुरा ? सबै क्षेत्र जस्तै यो क्षेत्र पनि प्रभावित छ ।' कलाकार भन्दा दर्शक धरै भएको उल्लेख गर्दै उनले दर्शकहरु पनि दुखि रहेको बताए । भोली के हुने हो कसैलाई थाहा छैन भन्दै उनले बन्द, झगडा, अन्योल बातावरण, डर, त्रास सबैले देखेको अनि भोगेको जनाए । आफू कलाकार नभएर एउटा देशको सच्चा नागरिक भएर देशको बारेमा यस्तो चिन्ता लागेको राजको भनाई छ ।

 

आफ्नो जेनेरेशनका युवाहरू सबैभन्दा बढि ग्रसित रहेको उनको भनाई छ । उनी भन्छन्, 'भोलीका युवाहरूमा झन् कस्तो असर पर्ला ? सोच्दा पनि कहाली लागेर आउँछ ।' आफूहरूले कुनै अवसर नखोजेको भन्दै देशमा शान्ति र अमनचयनको आवश्यकता महसुस गरेको बताए । देश नै ब्ल्याक एन्ड ह्वाइटमा गुज्रिरहेको बेला दर्शकहरूलाई रंगिन दुनियाँको खासै मतलव पनि नभएको उनको भनाई छ । तर आफ्नो पेट पाल्नकै लागि भएपनि रंगिन दुनियाँमा काम गर्नु परेको राजले बताए । त्यसैले पनि उनी रोजिरोटीकै लागि भएपनि जेष्ठ एक गतेबाट एक चलचित्रको छायाँकनमा व्यस्त हुँदैछन् ।