मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्ण शाक्यलाई प्रश्नको ओईरो

फिल्मीखबर, काठमाण्डौ, 2011/05/15

चर्चित लेखक कर्ण शाक्यलाई आईतवार सञ्चारकर्मीहरूले र्‍याखर्‍याखती पारे । सञ्चारकर्मीहरूले शाक्य माथी यति धेरै प्रश्नको बर्षा गरेकी उनलाई उत्तर दिन हम्मे हम्मे नै पर्‍यो । एकछिन त उनको पसिना नै छुटेको थियो । तर पनि उनी निर्धक्कका साथ प्रस्तुत हुँदै सञ्चारकर्मीको जवाफ फर्काए ।

 

प्रसङ हो चलचित्र पलको । आईतवार राजधानीमा आयोजना गरिएको चलचित्र 'पल' को प्रेस मिट समारोहमा चलचित्रका लेखक तथा प्रस्तुतकर्ता रहेका शाक्यलाई 'पल' कस्तो चलचित्र हो ?, पलको प्रचारप्रसारमा पोस्टरको प्रयोग किन नगरेको ?, पल किन निर्माण गरेको ?, पल के-के आधारमा पृथक सिनेमा बन्यो ? सञ्चारकर्मीहरूले यि यस्तै प्रश्नहरूको बर्षा गरेका थिए । यति धेरै प्रश्नको बर्षा किन त ? हो, पललाई फरक धारको सिनेमा भनेर प्रचार गरिएकोले सञ्चारकर्मीहरूले उनी माथि प्रश्नहरूको बर्षा गरेका हुन् । शाक्य पनि के कम ? आखिरमा उनी लेखक न परे । उनले पनि सञ्चारकर्मीहरूलाई चित्त बुझ्दो उत्तर दिए ।

 

शाक्यले के भने त ? जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै हो । उखानै छ, 'मेरो गोरूको बार्‍है टक्का' । आफ्नो चलचित्र त जस्ले पनि राम्रो भनि नै हाल्छ । चलचित्र जस्तो निर्माण गरे पनि निर्माता निर्देशकले आफ्नो चलचित्रलाई पृथक धारको चलचित्र भन्न छुटाउँदैनन् । त्यहि भिडमा कर्ण शाक्य पनि देखिए । उनले पनि आफ्नो चलचित्र नितान्त पृथक धारको सिनेमा भन्न छुटाएनन् । देशको अन्योल, राजनीतिक, सामाजिक र पारिवारिक परिस्थितिलाई आधार बनाएर चलचित्र निर्माण गरिएकोले कुनै पनि एङ्गलबाट यो चलचित्र अप्राकृतिक, अस्वाभाविक र असान्दर्भिक नलाग्ने दाबी गर्दै उनले आफ्नो चलचित्रले उधोगमा तरंग ल्याउन सक्ने दाबी गरे । उनले भने, 'चलचित्रले उधोगमा तरंग ल्याउने बिश्वास मलाई लागेको छ ।'

 

शाक्यले चलचित्र राम्रो बनेकाले सञ्चारकर्मीहरूलाई पोजेटिभ कमेन्ट गरिदिन आग्रह गरे । सञ्चारकर्मीलाई लक्षित गर्दै उनले भने, 'राम्रो सोचले चलचित्र बनाएका छौं त्यसैले तपाईहरूले पनि राम्रो सोचले समिक्षा गरिदिनु होला ।' यसैगरी सो प्रेश शोमा उपस्थित निर्देशक, नायक नायिकाहरूले पनि चलचित्र राम्रो बनेको दाबी गरे । दर्शक तथा सञ्चारकर्मीहरूले नेपाली चलचित्र सधै एउटै धारमा बनेको कमेन्ट गरिरहेकोले सो कमेन्टलाई ध्यानमा राखेर पल निर्माण गरिएको नायिका निशा अधिकारीले बताईन् । उनले भनिन्, 'एउटै कोणमा रहेर चलचित्र निर्माण गर्ने परम्परालाई हामीले तोडेका छौं ।'

 

के पल साँच्चिकै फरक धारको सिनेमा हो त ? चलचित्रका युनिटले आफ्नो चलचित्रलाई राम्रो भन्न पाउनु उनीहरूको अधिकार हो तर चलचित्र राम्रो नै बनेको छ भन्ने आधारहरू के त ? चलचित्रका निर्देशक रमेश बुढाथोकीले यस अघि निर्देशन गरेका चलचित्र पनि दर्शकले हेरेकै हुन् । नायक राजबल्लभ कोईराला र नायिका निशा अधिकारीको चलचित्र पनि दर्शकले धेरै हेरिसकेका छन् र अहिले सम्म यि कलाकारको कुनै त्यस्तो पृथक चलचित्र दर्शकले हेर्न पाएका छैनन् ।

 

अब एउटा आश के छ भने सोच र खोज जस्ता राम्रा पुस्तक लेखेका लेखक कर्ण शाक्यले केहि नयाँ कथाबस्तु पस्केका भने हुन सक्छन् । तर बिश्वास भने गरिहाल्न सक्ने अवस्था छैन । आश मारिहाल्न सक्ने अवस्था पनि नहोला । किनकी शाक्यले लेखेका पुस्तकहरूलाई धेरै पाठकहरूले रूचाएका छन् र उनी राम्रा लेखक हुन् भन्ने कुरा धेरैलाई थाहा पनि छ । राम्रो कथाबस्तुको अभाव खड्किरहेको अवस्थामा यदि शाक्यको कथा पृथक छ र कथालाई निर्देशक र कलाकारहरूले न्याय गरेका छन् भने चलचित्र पक्कै पनि पृथक र राम्रो बन्न सक्छ । त्यसैले यदि युनिटले चलचित्र पृथक नै बनाएको हो भने सफलताको शुभकामना !