मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिडिया प्रति भुवनको आक्रोश

फिल्मीखबर, काठमाण्डौ, 2011/05/15

नायक भुवन केसी अहिले मिडियाहरू प्रति निकै आक्रोशित भएका छन् । केहि मिडियाहरूमा भुवनले कुटाई खाएको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
 

 

शनिबार दिउँसो कोटेश्वर चोक नजिकै भुवनकी गर्लफ्रेण्ड भनिएकी शर्मिला डंगोलका श्रीमानले दिन दहाडै सडकमा कुटेको खबर आएको थियो । तर भुवनले भने सो खबरको खण्डन गर्दै आफूले कुटाई नखाएको दाबी गरेका छन् । तर प्रत्यक्षदर्शीहरूले भने भुवनले कुटाई खाएको बताएका छन् । आफ्नो इज्जत माथि दाग लगाउने गरि मिडियाले समाचार सम्प्रेशण गरेपछि भुवन केहि मिडियाको अफिसमा स्पष्टिकरण माग्न समेत पुगेका थिए तर प्रत्यक्षदर्शी नै साक्षी भएपछि भुवनको पनि के लागोस् ? तर पनि उनी दुई जना बिच मुठभेड भएपनि हात हालाहाल भने नभएको दाबी गर्छन् ।

 

भुवनले निर्माण गरेको चलचित्र 'साथी म तिम्रो' प्रदर्शनको संघारमा आएको अवस्थामा यस्तो घटना घट्नु उनका लागि पक्कै पनि दुर्भाग्य हुन सक्छ । सायद त्यसैले पनि उनले आफ्नो इज्जत जोगाउन कुटाई नखाएको दाबी गरेको हुन सक्छ । तर सत्य यो हो की उनले शर्मिलालाई आफ्नो गर्लफ्रेन्ड भएको बताउँदै आएका छन् र शर्मिला बिबाहिता नारी हुन् ।