मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गणेश टाकिज सञ्चालनमा

अर्पण ढकाल, धरान, 2011/05/16

डिजिटल सिष्टम जडान गर्न करिव १ महिना देखि बन्द रहेको नेपालको पुरानो सिनेमा घर धरानको गणेश टाकिज आजबाट सञ्चालनमा आएको छ । केही वर्ष यता नेपाली चलचित्र मात्र प्रदर्शन गर्दै आएको सो सिनेमा हल बन्द हुँदा धरान र आसपासका दर्शकहरु नेपाली चलचित्र हेर्नबाट बञ्चित भएका थिए ।

 

अत्याधुनिक प्रविधि र नयाँ स्वरुपमा सञ्चालनमा आएको गणेश टाकिजमा आज शुरूवातको दिन धराने निर्माता किशोर सम्वाहाम्फेले निर्माण गरेको चलचित्र 'म बिर्सुं कसरी' प्रदर्शन गरियो । उपत्यकमा बाहिर चैत्र २५ गते रिलज भएको भए पनि सो चलचित्र धरानमा भने आजवाट मात्र प्रदर्शनमा  आएको हो । पूर्वका अन्य हलमा सँगै गणेश टाकिजमा पनि प्रदर्शनको तयारी गरिएको भए पनि मर्मतका कारण हल बन्द भए पछि आजवाट मात्रै प्रर्दशनमा आएको हो ।चलचित्रको आज नै स्थानिय पत्रकार माझ प्रेस सो समेत गरिएको थियो।

 


चलचित्र भवनलाई आकर्षक रंग रोगन गर्नुका साथै पुराना सिटहरूलाई समेत हटाएर नयाँ सिटहरू लगाइएको छ । क्युब सर्वर जडित डिजिटल प्रविधिमा गएको गणेशले ५.१ को साउण्ड जडान गरको छ । यस अघि अस्पष्ट दृश्य र साउण्डमा हेरीरहेका दर्शकले अव भने नयाँ पर्दामा सफा र स्पष्ट दृष्य सँगै राम्रो साउण्डमा चलचित्र हेर्न पाउने भएका छन् । शौचालयलाई व्यवस्थित गरिएको छ भने हल अगाडी गार्डेन समेत बनाइएको छ ।

 

पुरानो हललाई नयाँ स्वरूपमा ल्याउन ३५ लाख खर्च भएको हलका प्रबन्धक भोलामान श्रेष्ठले जनाकारी दिए । हलको नयाँ स्वरुप सँगै टिकट शुल्कमा भने केही हेरफेर गरिएको छ । ३० बर्ष भन्दा लामो इतिहास बोकेको हलले केही बर्ष देखी नेपाली चलचित्र मात्रै प्रर्दशन गर्दै आएको छ । साथै निर्माताहरुलाई समेत राम्रो सेयर दिने हलको रुपमा परिचित गणेश टाकिजले आगामी दिनमा समेत नेपाली चलचित्रको विकासमा महत्वपुर्ण भूमिका खेल्ने सञ्चालकहरूको दाबी छ । सो हलमा दैनिक तीन शो हेर्न सकिनेछ ।