मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'संसार आफ्नै' को गीत र पोस्टर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2011/05/17

दशैंको अवसर पारेर प्रदर्शन गर्ने भनिएको चलचित्र 'संसार आफ्नै' को अडियो गीत र पोस्टर मंगलबार सार्वजनिक गरिएको छ । फिल्मीखबर डटकमको मार्फत निर्माता तथा नायक गोबिन्द शाहीले बुद्व जयन्तीको अवसर पारेर चलचित्रको प्रचारप्रसार शुरू भएको भन्दै गीत पोस्टर सार्वजनिक गरेको बताए ।

 

गीत र पोस्टर सार्वजनिक गर्दै निर्माता शाहीले आज बुद्व जयन्ती भएकोले देशमा शान्ती छिट्टै आओस् भन्ने कामना समेत गरेका छन् । मानिसको जीवन घट्ने घटनाहरूलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको प्रेमकथामा आधारित यस चलचित्रले शान्तीको सन्देश समेत छर्ने शाहीको भनाई छ । सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको संगीत, स्वरूपराज आचार्यको स्वर तथा बिपिन किरणको गीत रहेको छ ।

 

ग्रामीण र सहरी दुवै परिवेश बोकेको चलचित्र 'संसार आफ्नै' लाई रञ्जित रानाले निर्देशन गरेका हुन् । झरना थापा, गोविन्द शाही, सुमन सिंह, कमलकृष्ण, जेनी कुँवर, ममता प्रधान, शुभेच्छा थापा, सरोज केसीलगायतको अभिनय रहेको सो चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । अर्थात १६ बर्ष मुनिका बालबालिकाले सो चलचित्र हेर्न जाँदा आफ्ना अविभावकलाई लिएर जानुपर्ने हुन्छ । किन लाने त अविभावक ? निर्देशक राना भन्छन्, 'चलचित्रमा प्रयोग गरिएका केहि संवेदनशिल दृश्य र कथा बुझ्न उनीहरूले अविभावकको सहारा लिनुपर्ने हुन्छ ।'

 

युवराज राईको छायांकन, बसन्त सापकोटा, तारा प्रकाश लिम्बु र चेतन/सूर्यको संगीत, योगेश रायमाझीको कथा, कविराज गहतराज र गोबिन्द राईको नृत्य तथा अष्ट महर्जनको द्वन्द रहेको सो चलचित्र शिब शंकर फिल्म्स प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । काठमाडौं, धादिङ, कुलेखानी, गोरखा, नुवाकोट, चित्लाङलगायतका स्थानमा चलचित्रको छायाँकन गरिएको हो ।
 

 

निर्माता शाहीले यस अघि चेलिबेटी बेचबिखनबारे चलचित्र 'कहाँ छौ कहाँ' निर्माण गरेका थिए । जुन चलचित्रले राम्रै चर्चा पाएको थियो । 'कहाँ छौ कहाँ' बाट उत्साहित भएर दोस्रो चलचित्र 'संसार आफ्नै' निर्माण गरेका शाहीले निर्देशक शिब रेग्मीलाई लिएर तेस्रो चलचित्र निर्माण गर्दैछन् । जुन चलचित्रको छायाँकन साउन महिनामा गरिने भएको छ ।

 

गीत सुन्न र डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला !

CRBT 0160008220 (NTC)   6057866 (Ncell),    7732776(UTL)


टुट्यो तार सारङ्गीको...