मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलका निर्देशकलाई महानायकको निर्देशन

फिल्मीखबर, काठमाण्डौ, 2011/05/17

राजधानीमा हुने थुप्रै समारोहमा महानायक राजेश हमालको उपस्थिती निकै न्यून हुने गर्दछ । उनी खासै सभासमारोहमा उपस्थित हुन मन पराउँदैनन् । अझ चलचित्रको प्रिमियरमा त उनी कमै मात्र झुल्किन्छन् । समारोहमा खासै घुलमिल हुन नरूचाउने यि महानायक मंगलबार भने गोपीकृष्ण हलको प्राङ्गणमा भेटिए । उनलाई चलचित्र 'पल' हेर्न युनिटले बोलाएको थियो ।

 

कार्यक्रममा केहि ढिला आएका महानायकले चलचित्र 'पल' भने पुरै हेरे । चलचित्र हेरिसकेपछि उनले थुप्रै सञ्चारमाध्यममा अर्न्तवार्ता पनि दिए र चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । तर फिल्मीखबरसँग भने उनले पलको प्रतिक्रिया भिन्न रूपले दिए । हुनत उनले 'पल' लाई राम्रो चलचित्रको संज्ञा नदिएका हैनन् तर पनि उनले चलचित्रमा चित्त नबुझेको कुरा फिल्मीखबरलाई बताए । उनलाई चलचित्रको कथाबस्तु, पात्रहरूको अभिनय, सिनेमाटोग्राफी लगायतका धेरै कुरा मन परेपनि प्रस्तुती करण भने त्यति चित्त बुझेनछ ।

 

चलचित्रको प्रस्तुतीकरण कस्तो थियो र महानायकलाई चित्त नबुझेको ? पक्कै पनि पाठकहरूलाई जिज्ञासा लागेको हुनुपर्छ । 'पल' ले एउटै कथालाई दुई तरिकाबाट पहिलो हाफ र दोस्रो हाफ गरी प्रस्तुत गरेको छ । दुबै भागमा कथा एउटै, पात्र एउटै, परिवेश उही छ तर प्रस्तुती फरक छ । पहिलो हाफमा नकारात्मक सोच राख्दा झेल्नु पर्ने समस्या र दु:खका कुराहरूलाई प्रस्तुत गरिएको छ भने दोस्रो हाफमा सकारात्मक सोचले मानिसको जीवनमा ल्याउने खुसीलाई देखाईएको छ । यहि कुरा नै महानायकलाई चित्त बुझेनछ ।

 

त्यसो भए गर्नुपर्ने के त ? महानायक भन्छन्, 'दोस्रो हाफमा जे प्रस्तुत गरियो त्यसलाई पहिलो हाफमा प्रस्तुत गर्नुपर्थ्यो र पहिलो हाफमा प्रस्तुत गरिएको परिवेशलाई दोस्रो हाफमा प्रस्तुत गर्नुपर्थ्यो । यसो गरेको भए चलचित्र अझ राम्रो बन्थ्यो ।' पहिलो हाफको परिवेशले दोस्रो हाफको परिवेशको सस्पेन्स खोल्ने भएकाले दर्शकलाई बाँध्न गार्हो पर्ने भएकाले उनले यस्तो सल्लाह दिएका हुन् । उनले यो सल्लाह निर्देशक बुढाथोकीलाई पनि प्रत्यक्ष भेटेर नै दिए । तर निर्देशकले भने राजेशको सल्लाह एक किसिमले ठिक भए पनि आफूले जे गरे त्यो नै राम्रो गरेको दाबी गरे । उनले भने, राजेश जीले यसरी सल्लाह दिंदा म निकै खुसी छु तर मैले जे गरें त्यो नै मलाई उचित लागेको छ ।'