मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्दाजको ५० प्रतिशत छायाँकन समाप्त

फिल्मीखबर, काठमाण्डौ, 2011/05/19

केही समय अघि लुम्बिनीको मायादेबि मन्दिरमा परेवा उडाएर मुहर्त गरिएको चलचित्र 'अन्दाज' को झण्डै ५० प्रतिशत छायाँकन सकिएको छ । सार मुभिजको व्यानरमा निर्माण भैरहेको चलचित्र 'अन्दाज' को लुम्बिनी पछि सिन्धुलीमा छायाँकन गरीएको छ ।

 


चलचित्रको झण्डै ५० प्रतिशत छाँयाकन सक्दा सम्म २ वटा द्धन्द्धका दृष्यहरु समेत खिचिएको छ । २ दिन लुम्बिनी र २ दिन सिन्धुलीमा द्धन्द्धका दृष्य निर्देशन गरेर मंगलबार अबेर काठमाडौ आएका द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीले यो चलचित्रमा नौलो प्रकारको द्धन्द्ध रहेको जानकारी दिए । चलचित्र प्रेमकथामा आधारीत भएकाले द्धन्द्धको शिलसिला उस्तै रहे पनि द्धन्द्धको प्रस्तुती फरक रहेको उनको दाबि छ ।

 

मुख्य भुमिकामा अभिनय गरेका नायकहरु जीवन लुइटेल र सबिन श्रेष्ठको खुलेर प्रसंसा गर्दै उनले दुबैले राम्रो फाइट खेलेको बताए । तर नायिका रेखाका सम्बन्धमा भने उनी खुलेनन् । २-३ दिनमा युनिट काठमाडौ आउने जानकारी दिदै उनले भने, 'अब काठमाडौमा क्लाईमेक्सको द्धन्द्धको दृष्य खिच्न बाँकी छ । त्यो क्लाईमेक्स पनि अलि पृथक बनाउने योजना छ ।' छबि ओझा, अशोक शर्मा र उज्जवल घिमिरेले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा बसन्त सापकोटाको संगीत, कविराज गहतराज र शंकर बिसीको नृत्य र बिष्णु कल्पितको छायाँकन रहेको छ ।