मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खग्रास सर्बोच्च जाने

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/19

सेन्सर बोर्डको कामलाई लिएर पटक पटक चलचित्र क्षेत्रमा बिभिन्न टिका टिपणीहरु हुने गरेका छन् । यस अघि सेन्सर बोर्डले पैसाको चलखेल देखि राजनितीक प्रभाव सम्मका कुराहरुले चलचित्र क्षेत्र तताउने गरेको थियो । पटक पटक सेन्सरले चलचित्र पास नगरी रोकेको र बिना परिवर्तन सेन्सर पास गरेका उदाहरण हुन या पत्रपत्रिकामा तस्बिर छापिदा धेरैले आपत्ति जनाएका दृष्य नकाटी चलचित्रलाई सेन्सरले पास गरेका कुरा नै किन नहोस । यि र यस्तै नियति चलचित्र सेन्सर बोर्डमाथि गम्भीर प्रश्न खडा हुनु स्वभाविक हो ।

 

बेला बेलामा आलोचना खेप्न बाध्य भएको चलचित्र सेन्सर बोर्ड फेरी बिवादमा तानिएको छ । बिबादसँगै सेन्सर बोर्ड सर्वोच्च अदालत सम्म पुग्ने भएको छ । बुधबार बेलुका चलचित्र 'खग्रास' लाई सेन्सर बोर्डले रोकीदिए पछि यो कुरालाई लिएर चलचित्र निर्माण युनिटले सर्बोच्च अदालतको ढोका ढकढकाउने भएको छ । सेन्सर बोर्डले चलचित्रमा रहेका केही संवाद सहित दृष्यहरु काट्न लगाएको तर सो संवाद र दृष्यहरु काटेमा चलचित्र नै अपुरो हुने मात्रै नभई चलचित्रले देखाउन र भन्न खोजेको कुरा नै स्पष्ट नहुने भन्दै आफूहरूले सो संवाद काट्न नमानेको निर्माता निलहरी काफ्लेले बताए ।

 


सेन्सर बोर्डले काट् भन्ने र निर्माण युनिटले काट्दिन भन्ने कस्ता संवाद र दृष्यहरु रहेछन् त ? काफ्ले भन्छन्, 'सरकारी स्वामित्वको नेपाल टेलिभिजनले हजार पल्ट प्रसारण गरेका दृष्य र पत्रपत्रिकामा लेखिएका सम्बादहरु हुन्।' टेलिभिजन र पत्रपत्रिकामा आएका कुरालाई मैले चलचित्रमा देखाउदा किन काट्ने ?' काफ्लेले प्रश्न गरे । मित्र राष्ट्रसँगको सम्बन्ध बिग्रने डरले बोर्डले चलचित्रलाई प्रदर्शनको अनुमती नदिएको काफ्लेले बताए । अब सेन्सर बोर्डले आफुलाई न्याय दिन नसकेको भन्दै स-प्रमाण आइतबार सर्बोच्चको ढोका ढकढकाउन जाने काफ्लेले बताए ।

 


राजनीतिक असक्षम नेताहरुले देशलाई पछाडि थकेलिरहेको अवस्थामा नेपालको घटनालाई संसारका अन्य ठाउँमा रहेका नेपालीहरुलाई पनि उत्तिकै दुखेको छ भन्ने बिषयलाई मुख्य कथाबस्तु बनाईएको सो चलचित्र हालको राजनितिक अवस्थाका कारण देशमा कालो बादल छाएको र राजनीतिक गुण्डा गर्दिको बिरुद्धमा छ । आरोहण गुरुकुलको प्रस्तुतिमा बैकल्पिक सिनेमा नेपालले निर्माण गरेको सो चलचित्रलाई शैलेश आचार्यले निर्देशन गरेका हुन् । अमेरिकाको न्यूयोर्क र डिसी एरियाको साथमा नेपालको लमजुङ, धादिङ, काठमाण्डौ र भक्तपुरमा छायाँकन गरिएको सो चलचित्रमा संयोग पोखरेल, सुनिल पोखरेल, सोनी केसी, दुर्गा बराईली, एन्थोनी विलेट, एलिस प्रोय लगायतको अभिनय रहेको छ ।