मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुलहीकी निर्माता सार्वजनिक, सबै जना भावबिह्वल

बिष्णु सुवेदी, काठमाण्डौ, 2011/05/20

यो चलचित्र नगरी हो यहाँ काम भन्दा पनि हल्ला बढी हुन्छ । अझ काम जस्तो सुकै होस् नामका लागी यो क्षेत्रमा आउने धेरै छन् यहाँ । चलचित्र निर्माणको योजना बनाए देखि चलचित्र चल्दा सम्म धेरै नै पटक सञ्चारमाध्यममा छाउन चाहन्छन् । सञ्चारमाध्यममा अनुहार देखाउनकै लागी चलचित्र निर्माण गर्नेहरु पनि धेरै छन् यहाँ । तर यहि नगरीमा कोही यस्ता निर्माता छन् जसलाई मिडियाले खोज्नु पर्दछ । सञ्चारमाध्यमको त के कुरा ? चलचित्र बनेर रिलिज हुने बेलासम्म पनि निर्मातालाई निर्देशकले देख्न पाएनन् ।

 


कुरा जेष्ठ २७ गते भित्राइन लागेको दुलहीको हो । चलचित्र दुलहीलाई हर्षिता केसीले निर्माण गरिन् । तर ति हर्षिता को हुन् त ? उनि न त सञ्चारमाध्यममा आइन न त चलचित्र युनिटले नै उनलाई देख्न पायो । मात्र हर्षिता केसीको दुलही भनेर चलचित्रमा लेखिएकै भरमा हर्षिता यो चलचित्रको निर्माता भएको थाहा भयो । तर ति हर्षिताको बारेमा सञ्चारमाध्यम र निर्माण युनिट समेत अनबिज्ञ भए पछि पहिलो पटक फिल्मीखबरले 'को हुन् त हर्षिता ?' भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । किन हर्षिता सञ्चारमाध्यम र आफ्नै युनिटसँग परिचित छैनन् त ? हामीले यसबारे धेरै नै जान्ने  प्रयास गर्‍यौं तर पत्ता लागेन । बरु निर्माण पक्षले जानकारी दियो हर्षिता एक दिन सार्वजनिक हुनेछिन् । यो समाचार प्रकाशन पछि धेरैले खोजे हर्षितालाई र हर्षिताको बारेमा धेरैले चासो ब्यक्त पनि गरे । ति सबैका लागी पर्खाइको दिन थियो शुक्रबार । अर्थात आज चलचित्रको गित सार्वजनिक समारोह ।

 


शुक्रबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डको सभाहलमा फिल्मको गिति सिडि सार्वजनिक गर्ने कार्यक्रम थियो । एकाएक उपस्थित सबैसँग हर्षिताको परिचय भयो । को होलिन् हर्षिता ? कस्ती होलिन् हर्षिता ? सबैको कौतुहलता त एकैचोटी मेटियो तर त्यो उत्सुकताको अन्त्य सँगै हर्षितालाई देख्नेहरु सबै भावबिह्वल भए । हर्षितालाई देखे पछि उपस्थित सबै किन भावबिह्वल भए त ? त्यो बताउनु भन्दा पहिला एक अर्को प्रसङ्गको कुरा गरौ ।

 

दुलहीकी निर्माता हर्षिता केसी र आमा कोपिला केसी ।


नेपाली समाजमा छोराको चाहना धेरैले गर्दन् । तर हरिशरण केसी र कोपिला केसी एक यस्ता दम्पति हुन् जसले छोरीको चाहना राखे तर यो चाहना पुरा भएन । पहिलो पुत्र छोरा पछि पुत्रीको रहर गरीरहेको यो दम्पतिले ३ वर्ष पहिला हस्पिटलबाट एक नाबालाक छोरीलाई घरमा लिएर आए । छोरीको चाहनामा चुर्लुम्म डुबेको यो दम्पतिका घरमा खुशि छायो । उनको आगमनको खुसिसँगै नाम रह्र्यो हर्षिता । तर हर्षिताका क्रियाकलाप असामान्य भए पछि ३ महिना पछि स्वास्थ्य परिक्षण गर्दा थाहा भयो उनि त सुस्त श्रवण शक्ति भएकी, दृष्टि बिहीन र बोल्न नसक्ने पो रहिछन् । उनलाई छोरी स्बीकारी सकेपछी कुशल आमा बाबुको जिम्मेबारी पुरा गर्नु केसी दम्पतिको कर्तब्य हो त्यसैले उनिहरुले हर्षिताको उपचारका लागी नेपालका चर्चित डाक्टर देखि भारतको एपोलो हस्पिटल सम्म पुर्‍याए र पनि उपचार सम्भब भएन । तर पनि कुनै गुनासो छैन केसी दम्पतिमा । उनिहरुलाई आफ्नो काखमा पाउनु नै आफ्नो भाग्य सम्झदै यसलाई ईश्वरको बरदान सम्झन्छन् । हो यिनै हर्षिता हुन् चलचित्र दुलहीको निर्माता ।

 


जब हर्षिता सार्वजनिक भइन् सबै एकाएक लाटिए झै भए । सबैको ध्यान हर्षिता तिर तानियो । धरैले हर्षितालाई कर्मदिने बाबुआमाको प्रशंसा गरे । सिडी विमोचनको प्रमुख अतिथि बनेका यादब खरेलले त पत्रपत्रिकामा झलनाथ र प्रचण्डको हैन हर्षिताका बाबुआमाको तस्बिर छापिनु पर्ने बताए । उनले भाषण गर्दै गर्दा हलमा एकाएक ताली बज्यो । सबै उठेर हरिशरण र कोपिलाको यो कामको सम्मान गरे । भनिन्छ जो चुनौतिसँग डराउदैन, जसले समय र परिस्थतिलाई आफु अनुकुल बनाउछ त्यहि नै बास्तबिक जीवनको नायक वा नायिका हुन्छ । त्यसैले त खरेलले उनिहरुलाई रियल जीवनको नायक नायिकाको संज्ञा दिए ।

 


खरेल मात्र हैन केसी दम्पतिको सबैले मुक्त कण्डले प्रसशा गरे । यिनै हर्षिताको नाममा निर्माण गरीएको चलचित्र दुलहीको सफलताको कामना धेरैले गरे । हर्षिता दृष्टी बिहीन, सुस्त श्रवण शक्ति र बोल्न नसक्ने भए पनि हजारौ आँखाले, मुखले र गोडाहरुले उनको नामबाट निर्माण गरीएको चलचित्र दुलही हेर्नेछन्, बोल्नेछन् र आत्मसाथ गर्नेछन् । दुलहीलाई हाम्रो शुभकामना ।