क्षेत्री समाज नेपालले आब्हान गरेको २ दिने उपत्यका बन्दको पहिलो दिनको जनजीवन प्रभावित भएको छ । बजारहरू पूरै बन्द छन् भने सडकहरू पनि सुनसान छन् । बन्दका कारण उपत्यकामा चलचित्रसँग सम्बन्धित सम्पूर्ण गतिबिधीहरु ठप्प भएका छन् ।
बन्दका कारण चलचित्र हलहरु बन्द हुँदा उपत्यकामा आज र भोली गरी १२-१६ लाख रुपैयाको ब्यापार घाटा यो क्षेत्रले बेहोर्नु परेको नेपाल चलचित्र संघका महासचिब प्रदिप उदयले जनाएका छन् । उपत्यकाका १७ हलहरुमा नियमित रुपमा नेपालि चलचित्रहरु प्रर्दशन हुने जानकारी दिदै उदयले शुक्रबार र शनिबारको तुलनामा अरु दिन केही कम ब्यापार हुने गरेकोले आजको बन्दले उपत्यकामा मात्र चलचित्र क्षेत्रले ६-८ लाख रुपैयाको ब्यापार घाटा र निर्माताको हकमा ३-४ लाख ब्यापार घाटा हुने बताएका छन । भोलि समेतलाई गर्दा यो रकम दोब्बर हुन आउछ ।
२०६७ मा चलचित्र क्षेत्रले ठुलो ब्यापार घाटा बेहोरेको थियो । झण्डै १६ करोड रुपैया चलचित्र क्षेत्रले डुबाएको अनुमान छ २०६७ सालमा । ०६८ को सुरुवातमा केही राम्रो संकेत देखिए पनि लगातारको बन्दका कारण भर्खर - भर्खर तङ्ग्रिन लागेको नेपाली चलचित्रको ब्यापारलाई फेरी थिचेको छ । ०६८ सालको सुरूवातमा केहि चलचित्रले राम्रो व्यापार गरेपछि चलचित्रकर्मीहरूको मुहारमा चमक आएको थियो र उनीहरू चलचित्र प्रदर्शन गर्न र निर्माण गर्न निकै हौसिएका थिए । तर लगातारको बन्दले गर्दा उनीहरूमा न चलचित्र प्रदर्शन गर्ने आँट आएको छ न चलचित्रको छायाँकन शुरू गर्न नै ।
यस अघि वैशाख १४ गते नेवाः र तामसालिङ राज्यको माग गर्दै उपत्यका र वरपरका जिल्ला बन्द भएको थियो । भने २८ गते बुधबार क्षेत्री समाज नेपालले आब्हान गरेको पश्चिमाञ्चल बन्द र ३० गते शुक्रबार आदिबासी जनजाती महासंघ नेपालले आब्हान गरेको नेपाल बन्दका कारण चलचित्रको ब्यापार पुर्णरुपमा प्रभाबित भएको थियो । यि बन्दका कारण नेपाली चलचित्रले झण्डै ८० लाखको ब्यापार घाटा सहनु परेको थियो । आज र भोलिको बन्दलाई पनि जोड्ने हो भने यो ब्यापार घाटा झण्डै ९५ लाख हुन आउछ । छायाँकनमा रहेका चलचित्रहरूको काम रोकिंदाको घाटालाई समेत जोड्ने हो भने यो बर्ष चलचित्र उधोगलाई एक करोड भन्दा बढि घाटा लागेको तथ्य देख्न सकिन्छ ।
जेष्ठ १४ गते बन्ने भनिएको संबिधान बन्न नसक्दा बिभिन्न संघ संगठनहरूले भोलीका दिनहरूमा यस्ता बन्द धेरै गर्न सक्ने संकेत देखिएको छ । जसले गर्दा अन्य क्षेत्र चलचित्र क्षेत्र पनि प्रभावित हुनेछ । २०६७ सालमा धेरै ब्यापार घाटा सहेको यो क्षेत्रले यो वर्षको सुरुवातमै यतिधेरै ब्यापार घाटा सहनु परेपछि यो वर्ष पनि चलचित्रका लागी कालो वर्ष नहोला भन्न सकिन्न ।