मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोबिन्दको पक्ष पोषण गर्दै केदार

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/24

तपाई कस्तो चलचित्रलाई राम्रो चलचित्र भन्नु हुन्छ ?  सबैको नजर एउटै हुँदैन । हातका पाँचै औंला पनि कहाँ एउटै हुन्छन् र ?  हेर्नुहोस् तपाईंको दुई हात मध्ये एउटा हातले भात खानु हुन्छ अर्कोले दिशा धुनु हुन्छ । भन्नुहोस् त तपाईको कुन हात राम्रो  ?


यि प्रश्न हामीले तपाईंलाई सोधेका हैनौ । यि प्रश्न त बितरक केदार पराजुलीले सोधेका हुन् । तर नआत्तिनुहोस् तपाईले यि प्रश्नका उत्तर दिनु पर्दैन । केहि व्यक्तिले केदारलाई निर्देशक गोबिन्द गौतम खासै राम्रो निर्देशक नभएको कुरा बताएपछि उनी फिल्मीखबर समक्ष यसरी प्रस्तुत भएका हुन् । कहिले को सँग त कहिले को सँग अत्यन्त नजिकको साइनो गाँस्न सिपालु पराजुली यस पटक चाँहि निर्देशक गोबिन्द गौतमको पक्ष पोषण गर्दै हिंडेका छन् । पक्ष पोषण गर्नुको पनि कारण छ । किनकी उनले आफ्नो पछिल्लो चलचित्रमा गोबिन्दलाई निर्देशक बनाएका छन् ।
 


कुरा हो चलचित्र 'सौभाग्य' को । कसैले उनलाई तपाइले बजारमा नचलेको खासै राम्रो फिल्म बनाउन नसक्ने निर्देशक लिनु भएछ भनेर भन्यो भने पराजुली कड्किन्छन् । उनलाई गोबिन्द र उनले निर्देशन गरेको चलचित्र 'सिन्दुर' राम्रो लाग्यो रे । उनले प्रति प्रश्न गर्दै भन्छन्, 'शिब रेग्मी राम्रो निर्देशक कि नराम्रो  ? उसका धेरै चलचित्र हिट छन् र त्यति नै मात्रमा फल्प पनि । हेर्ने दृष्टीकोण हो मलाई गोबिन्द राम्रो निर्देशक लाग्छ ।'


चलचित्र सिन्दुरको सुटिङ २८ दिनमा सकाएको स्मरण गर्दै पराजुलीले छोटो समयमा काम गरेको र राम्रो काम गरेको भन्दै प्रसंसा गर्न पनि भ्याए ।  उनले गोबिन्दको मात्र हैन आफुले यसअघि निर्माण गरेको चलचित्र 'कस्लाई दिउँ यो जोबन' का निर्देशक सुरेश दर्पण पोखरेलको पनि प्रशंसा गरे । उनले चलचित्र राम्रो बने पनि नचलेको भन्दै निर्देशकिय हिसाबले हिट चलचित्रको फल्प ब्यापार समेत भन्न भ्याए । जोरपाटी स्थित चापागाई स्टुडियोमा रहेका उनले निर्माणाधिन चलचित्र सौभाग्यको २० प्रतिशत छाँयाकन सकिएको जानकारी दिए ।

 

पराजुलीले रिमेश अधिकारीले अघिल्लो चलचित्र 'म बिर्सुं कसरी' को छायाँकन थालेको २ महिना २२ दिनमा हलमा पुर्‍याएको भन्दै भदौ ९ गते यो चलचित्रको रिलिज डेट पक्का भएको बताए । राजेश हमाल, आयुष रिजाल, सुमन सिंह, झरना थापा लगायतका कलाकार अभिनित चलचित्रमा बिकास चौधरीको संगित र राजु जंग थापाको द्धन्द्ध रहेको छ । रिमेश अधिकारी कार्यकारी निर्माता रहेको सो चलचित्रको काठमाडौ, पोखरा र नारायणगढमा छाँयाकन गरीने भएको छ ।