मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हैन गफ पनि कति गर्नु ?

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/24

चलचित्र क्षेत्रमा त झन् स्काण्डल मच्चाउनै पर्छ भन्ने मान्यता चलचित्रकर्मीहरुको छ । त्यसैले त काम गर्न भन्दा पनि यस्तो गर्दछु उस्तो गर्दैछु भनेर मिडियामा छाउन चाहन्छन् धेरै चलचित्रकर्मीहरु । कति त काम गर्न त परै जाओस एक कप चियाकै भरमा प्लान बनाउछन् अनि हल्ला पिटछन् । एउटा काम पुरा भएको हुँदैन फेरी अर्को हल्ला पिट्न थाल्छन् । यस्तै छ यहाँको चलन  । यहि भिडमा देखिएका छन् निर्माता दिपक रमण ।

 


रमणले चलचित्र बनाए 'मन परेपछि' तर रिलिज गर्न सकेनन् । केही निर्मातालाई साथ लिएर क्यु सिष्टमको बिरोध गरे सर्बोच्चमा मुद्धा पनि हाले । निर्माता संघमा ताला लगाउने कोसिस पनि गरे तर उनको केही लागेन । उनले हालेको मुद्वाको अझै सुनुवाई भएको छैन । निर्माता संघले न क्यू सिस्टम तोड्न दियो न रमणले आफ्नो चलचित्र प्रदर्शन नै गर्न सके । कहिले फाल्गुन, कहिले चैत्र त कहिले बैशाखमा चलचित्र चलाउने हल्ला पिटे तर पनि चलाउन सकेनन् । एक पटक हैन पटक पटक उनले मिति तय गर्दै पछि सार्दै गरे र पनि उनले अहिलेसम्म चलचित्र चलाउने सकेका छैनन् । अब त उनको चलचित्र कहिले चल्छ भनेर यसै भन्न सक्ने अवस्था छैन ।

 


कुरा क्यू सिष्टमको मात्र हैन । गर्छु भनेर नगरेका कामको हो । चलचित्र मन परेपछि र क्यू सिष्टमको कुरा त अब एकादेशको बाघ र भेडी गोठालाको कथा जस्तो हुनै लाग्यो । उनले नव नायिका तथा सञ्चारकर्मी सम्पदा बानियाँको जन्मदिनमा आफुले बनाउन लागेको चलचित्रमा नायिका बनाउने घोषणा गरे । यो मात्र हैन उनले चलचित्रको नाम 'क्रिमिनल' रहने बताएका थिए । यो चलचित्र एक्सन प्रधान हुने र छायाँकन बैशाखबाट शुरू गर्ने भनिएको थियो । बैशाख हैन जेष्ठ पनि सकिन लाग्यो तर अहिले सम्म नायिका बाहेक अरू कोही पनि फाईनल हुन नसकेको उनकै भनाई छ ।

 


यति मात्रै कहाँ हो र ? एक बर्ष अघि नारायण पुरीको निर्देशनमा 'बादशाह' नामको चलचित्र बनाउने हल्ला पनि पिटे । उनले यो चलचित्र पनि एक्सन प्रधान हुने र डनहरुको कथा समेटीने बताएका थिए । अहिले नारायण पुरी ब्यस्त भएका कारण चलचित्र बनाउन नसकेको हल्ला चलाएका छन् । कुरा यतिमा मात्र सिमित छैन । दिपक श्रेष्ठलाई लिएर अर्को चलचित्र बनाउने पनि भनेकै छन् । पारिवारिक प्रेमकथामा आधारित  कथा रहने भनिएको यो चलचित्रको कथा शिबमले लेखेको पनि बताए तर यसमा पनि दिपक बाहेक अरु तय भएका छैनन् । आखिर चलचित्र बनाउछु भन्ने बनाउन चाहिं नबनाउने नै हो त भन्दा उनि भन्छन्, 'दिपक जी चलचित्र वीरमा ब्यस्त भएका कारण गर्न नसकेको हो । अब २-३ महिनामा काम सुरु हुन्छ ।'

 


पहिला दिपकले निर्देशन गर्ने चलचित्र त्यसपछि 'क्रिमिनल' र तेस्रोमा 'बादशाह' बनाउने बनाउने दिपकले जनाएका छन् । तर उनको यो पारा देख्दा चाहिं चलचित्र बनाउछन् भन्नेमा आंशका देखिएको छ । दिपक जी ! राम्रो काम गरे पछि त त्यसै चर्चा हुन्छ नि चर्चा कै लागी हो भने गफ पनि कति गर्नु ? अब गफ कम काम बढी गर्ने हो की !