मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अन्दाज ब्रेक

फिल्मीखबर, काठमाण्डौ, 2011/05/25

नायिका रेखा थापाद्वारा अभिनित चलचित्र 'अन्दाज' को छायाँकन रोकिएको छ । संबिधान निर्माण मिती अर्थात जेष्ठ १४ गते सम्मका लागि चलचित्रको छायाँकन रोकिएको निर्माण पक्षले जानकारी दिएको छ ।


अहिले हरेक दिन जसो बन्द हुने हुँदा छायाँकनमा अबरोध आउने भएकोले जेष्ठ १४ गतेको स्थिती हेरेर छायाँकन शुरू गर्ने नायिका रेखा थापाले जानकारी दिईन् । उनले भनिन्, 'देशको अवस्था राम्रो छैन त्यसैले अब १४ गतेको अवस्था हेरेर छायाँकन शुरू गर्छौं ।' केहि साता अघि लुम्बिनीमा मुहुर्त गरेर सोही स्थानबाट छायाँकन शुरू गरिएको सो चलचित्रको अहिले सम्म जम्मा २५ % छायाँकन सकिएको रेखाको भनाई छ । 'लुम्बिनी, सिन्धुली र कुलेखानीमा छायाँकन गरेर सकियो अब जोमसोम र काठमाण्डौमा गरिन्छ', रेखाले भनिन् । बन्द नभएको भए १४ गते सम्ममा धेरै नै काम सकिने बताउँदै रेखा भन्छिन्, 'यो बन्द र हडतालले त खर्च मज्जाले नै बढ्ने भयो ।'


यता सोही चलचित्रका नायक जीवन लुईटेललाई पनि बन्द देखि निकै रिस उठेको रहेछ । उनी भन्छन्, 'यो बन्द गरेर के फाईदा ? काम गर्नेले त राम्रो सँग गरेर खाना पाउनु पर्‍यो नि ।' स्वास्थ्यमा केहि गडबडी आएर घरमै आराम गरिरहेका जीवन भन्छन्, 'ब्रेक भएर मलाई त राम्रै भयो तर निर्माताको खर्च भने बढ्ने भयो ।  म बिरामी थिएँ त्यसैले बन्द हुँदा आराम गर्न पाएँ तर निर्माताहरूलाई भने यो बन्दले निकै असर गर्‍यो । खर्च सोचे भन्दा बढि हुने भयो ।' चलचित्रको व्यापार खासै राम्रो नबहेको अवस्थामा यस्ता बन्द हडतालले गर्दा निर्माताहरू मात्र नभएर सिंगो चलचित्र उधोगलाई नै असर गर्ने जीवनको भनाई छ ।


सार मुभिजको व्यानरमा उज्जवल घिमिरेले निर्देशन गरेको सो चलचित्रलाई छबि ओझा, अशोक शर्मा र उज्जवल घिमिरेले संयुक्त रूपमा लगानी गर्दैछन् । चलचित्रमा रेखा र जीवनका अलावा सबिन श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ । प्रेम कथामा आधारित रहेर निर्माण शुरू गरिएको सो चलचित्रमा बसन्त सापकोटाको संगीत, कविराज गहतराज र शंकर बिसीको नृत्य, बिष्णु कल्पितको छायाँकन तथा राजेन्द्र खड्गीको द्वन्द हेर्न सकिनेछ । चलचित्रको कथा सुबास सिंह बस्न्यातले लेखेका हुन् । यो चलचित्र दशैंको अवसर पारेर रिलिज गरिने भएको छ ।