आधा बाटो हिडे पछि तिमीसँग भेट भयो
जीन्दगीको लामो यात्रा त्यहिबाट सुरु भयो
उदय र मनिलाले गाएको प्रस्तुत गीत चलचित्र उधोगका एक जोडीका लागी आफ्नै जीवनको कथा जस्तै हो । तर यि शब्दहरु नेपाली चलचित्रका दुई हस्तिका लागी पनि लागु हुन्छ । तर जीबन साथीका रुपमा भने हैन कर्म साथीका रुपमा ।
यहाँ आज कुम जोडेर हिड्ने अनि आफ्नो स्वर्थ पुर्ति पछि बोलचाल नै बन्द भएका कयौं चलचित्रकर्मीहरु छन् । तर एउटा जोडी यस्तो छ जसले बिगत २८ वर्ष देखि निरन्तर सहकार्य गरीरहेको छ । जब एक अर्काको भेट भयो त्यहिबाट सुरु भयो सहकार्य । यति पढिसक्दा तपाईलाई लाग्यो होला त्यो जोडी मह जोडी हो भनेर तर हैन । तर मह जोडी झै चर्चामा नरहे पनि यो जोडी लामो समयदेखि यो क्षेत्रमा छन् ।
प्रसङ्ग दुई निरको हो । एक हुन् निर शाह अनि अर्का हुन् निर्जल श्रेष्ठ । यि दुईले २०४० सालबाट सँगै काम गर्न थालेका हुन् । अहिले सम्म छुटेका छैनन् यिनिहरु । निर शाह कलाकार तथा निर्देशक हुन् भने निर्जल श्रेष्ठ कला निर्देशक हुन् । निर शाहले निर्देशन गर्ने चलचित्रमा निर्जल श्रेष्ठ कला निर्देशक हुन्छन् भने निर्जल श्रेष्ठले कला निर्देशन गर्ने प्राय चलचित्रमा शाह कुनै न कुनै भुमिकामा देखिएका छन् । यसैले होला यिनिहरुको जोडी मिलेको ।
म तिमी नहुँदा मरे तुल्य हुन्छु
हाँगाको पात भरे तुल्य हुन्छु
चलचित्र सिमानाको यो गित जस्तै छ यिनिहरुको कथा पनि । चलचित्रको मात्र हैन नेपाल टेलिभिजनमा पनि यिनीहरूले एकसाथ काम गरेका छन् । यो बाहेकका पनि धेरै प्रोजेक्टहरु सँगै गरे रे उनिहरुले । केही समय अगाडी एक स्पेनी चलचित्रमा काम गर्ने कुरा थियो शाहको अनि त्यसमा सँगै थिए श्रेष्ठ पनि । तर पछि शाहले त्यो प्रोजेक्ट छोडेपछि श्रेष्ठले पनि छोडे र अहिले फेरी यि दुबैले हलिउडबाट बन्न लागेको र नेपालमा छायाँकन गरीने एक चलचित्रमा सँगै काम गर्ने भएका छन् ।यसरी हरेक काममा एकसाथ देखिने यो जोडीले निरन्तरता पाओस् हाम्रो शुभकामना !