मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेजिना छोडेर रूश्मा तिर शोभित

फिल्मीखबर, काठमाण्डौ, 2011/05/27

चलचित्रको व्यापार देखेर धेरै चलचित्रकर्मीले अनुमान लगाएका थिए कि अब चलचित्र बन्न कम हुन्छ तर उनीहरूको सोचाई ठिक विपरित भएको छ । अझै पनि धमाधम चलचित्र बनाउनेको लस्कर नै छ । यसरी एकपछि अर्को चलचित्र निर्माण गर्ने निर्माताको रूपमा चिनिंदै छिन् कविता श्रेष्ठ ।

 

कबिताले पहिलो पटक निर्माण गरेको चलचित्र हो 'वरदान' जुन चलचित्रको छायाँकन सकिएको एक साता पनि बितेको छैन । यसरी छायाँकन सकिएको एक साता बित्न नपाउँदै उनले दुई चलचित्रको निर्माण गर्ने घोषणा गरिन् । जसमध्ये उनले शुरूमा प्लान नामक चलचित्रको निर्माण गर्दैछिन् जुन चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमका बिच मुहुर्त पनि गरियो र बिहिबारबाटै छायाँकन पनि शुरू गरियो । प्लान सकिए लगत्तै कविताको अर्को चलचित्रको निर्माण शुरू गर्ने पनि बताईन् ।

द्वन्दनिर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी

 

रमाईलो कुरा त यो छ कि शोभितको प्राय चलचित्रमा देखिने रेजिना यस चलचित्रमा भने नदेखिने भएकी छिन् । उनले रेजिनाको ठाउँमा रूश्मा राईलाई लिएका छन् । शोभितले रूश्मासँग यसअघि जंगबाज र मिसन लभ इन सिक्किममा काम गरिसकेका छन् । आखिर रेजिना किन आउट भईन् त ? शोभित भन्छन्, 'उनी आफ्नै काममा व्यस्त हुने भएकोले रूश्मालाई लिईएको हो ।' कुरा यतिमा मात्र सिमित छैन । रूश्मा सिक्किमकै भएको र यो चलचित्रको ६० % भन्दा बढि भाग सिक्किममा नै छायाँकन गरिने भएकोले पनि सहजताको लागि उनलाई यो चलचित्रमा लिईएको निर्देशक बस्नेतको भनाई छ ।

 

सलोन फिल्म्सको प्रस्तुतीमा शोभित बस्नेतले निर्देशन गर्ने सो चलचित्रबाट एक नवनायिका भित्रदैं छिन् । द्वन्दनिर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गीले यसै चलचित्रबाट अभिनय कलाको शुरूवात गर्दैछिन् । यस चलचित्रमा रागिनी र रूश्माको साथमा महानायक राजेश हमाल, मुकेश ढकाल, अनुष्का ढकाल, सुनिल थापा, मोहन निरौला, शोभित बस्नेत, ध्रुव न्यौपाने लगायतले अभिनय गर्दैछन् । डिजेहरूको कथा समेटिएको सो चलचित्रलाई दिनेश न्यौपानेले लेखेका हुन् । चलचित्रमा राजेन्द्र खड्गीको द्वन्द, प्रमोद ढुंगानाका गीत, राम श्रेष्ठको संगित तथा शिव बिकको नृत्य रहने छ ।