मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रमा अस्लिल भिडियो काण्ड

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/30

समय परिवर्तन शिल छ । समय सँगै परिवर्तन हुनुको बिकल्प पनि छैन । कुनै जमानामा डाइनासोर थियो तर उसले आफुलाई समय अनुसार परिवर्तन गर्न नसकेको कारण यो पृथ्वीबाट नै लोप भएर जानु पर्‍यो ।अहिले डाइनासोर पनि थियो भन्ने कुरा इतिहास बन्यो । यस्तै भएको छ केही नेपाली चलचित्रकर्मीको हकमा पनि । उनिहरु पनि आफुलाई समय अनुकुल परिवर्तन गर्न नसक्दा लोप भएका छन् भने केहीले आफुलाई समयानुकुल परिवर्तन गर्दा निरन्तर राज गरीरहेका छन् यो क्षेत्रमा ।

 

शुरूका दिनमा हामीले हेर्ने नेपाली चलचित्र र अहिले हेर्ने गरेका नेपाली चलचित्रमा धेरै नै भिन्नता पाईन्छ । यसलाई समयानुकुल भएको परिवर्तन मान्नुपर्दछ । चलचित्रको कथा, कलाकारको अभिनय, गीतसंगीत सबै पक्षमा परिवर्तन छ । चलचित्रको प्रबिधिले त निकै नै फड्को मारिसकेको छ । चलचित्रमा आएको प्रबिधिको परिवर्तनलाई धेरैले फड्को मारेको भन्छन् । तर यसको बिरोध गर्नेहरु पनि छन् । चलचित्रमा परिवर्तनका नाममा केही बिकृतिहरु पनि भित्र्याएको आरोप चलचित्रकर्मीहरुले पटक पटक खेपिरहेका छन् । खासगरी कथाबस्तु र प्रस्तुतीमा बिदेशी कला संस्कृति अझ भन्ने हो भने बलिउडबाट प्रभाबित भएको आरोप छ ।

 

चलचित्रमा मौलिक कथाबस्तु र सहज प्रस्तुति नभएको कुरा पनि पटक पटक उठ्दै आएको छ । तर यॊ परिवर्तनलाई दर्शकहरुले बिस्तारै बिस्तारै पचाएको जस्तो देखिन्छ । केही वर्ष अगाडीसम्म नायिकाले खुट्टा छोपिने गरी गुन्यू चोलि लगाएका दृष्यहरु नै बढी हुन्थे चलचित्रमा र त्यति बेला दर्शकहरु नायिकाको अलिकति तिघ्रा देखिदा जिब्रो काट्थे तर अहिले त नायिकाको साप्रा नै छोपिदैन र पनि दर्शकहरुले पचाएकै छन् । भनिन्छ चलचित्र समाजको ऐना हो । त्यसैले नेपाली समाजमा आएको परिवर्तन अनुसार चलचिमा पनि परिवर्तन हुनु स्वभाविक हो । तर अहिले समाज भन्दा अगाडी बढ्दै छ नेपाली चलचित्र ।

 

अझै पनि नेपाली चलचित्र हेर्ने दर्शकहरुले पटक पटक परिवारसँग त बसेर हेर्नै नसकिने रै छ भन्ने गर्दछन् । चलचित्र हेर्दै गर्दा कतिले जिब्रो काटेको पाईन्छ त कतिले चलचित्रकर्मीलाई गाली गरेर हलबाट बाहिर पनि निस्कने गर्छन् । परिवर्तन पनि गजबकै भएछ दर्शकलाई पचाउनै गाह्रो । परिवर्तनले परिवर्तन नै गर्दछ । अहिले त नायिकाले तिघ्रा देखाएका कुरा हैन चलचित्रमा समेटीने किस सिन र बेड सिन पनि पचाइसके दर्शकहरुले । बरु सञ्चार माध्यमले नै पचाउन नसकेका हुन् कि ? प्रश्न उठ्न सक्छ । 

 

चलचित्रमा किस सिन दिने केही कलाकारहरुले भने आफुलाई असहज लाग्दा लाग्दै किस सिन दिनु पर्ने बाध्यता रहेको बताउने गरेका छन् । उनीहरु कै भनाईलाई आधार मान्ने हो भने त्यस्ता दृष्य आउँदा हलमा तालि त बज्ला तर ति दृष्य आँखाका लागि त्यति सहज हुँदैनन् । अझ तिनै दृष्यलाई पब्लिसिटीमा ल्याईदिंदा आफ्नो पारिवारिक जीवनमा पनि केही असहज हुने उनिहरुको भनाई छ । तर केही कलाकार भने कथा बस्तुको माग भन्दै अर्धनग्न हुन पनि तयार छन् र धेरै चलचित्रमा यस्तै देखिएको छ । यति मात्र कहाँ हो र चलचित्रको कथा र संवाद पनि त्यस्तै असहज हुन्छन् । सेन्सर बोर्डले सेन्सर नलगाएपछि दर्शकहरुले आफै सेन्सर गरेर बुझ्नु पर्ने हुन्छ ।

 

त्यस्ता दृष्य दिन सक्ने कलाकार र गराउने निर्देशकहरू चलचित्र कलाकारिता भएकोले कलात्मक रूपमा प्रस्तुत हुँदा दर्शकहरूले बुझ्नु पर्ने धारणा राख्छन् । नायिकाका ड्रेस, किस सिन, बेड सिनको त कुरै छोडौं अब त चलचित्रमा अस्लिल भिडियो काण्डलाई पनि सहजै रूपमा प्रस्तुत गर्न थालिएको छ । पछिल्लो समय रिलिजको लागी समय कुरी बसेको काठमाण्डु, सायद, इशारा जस्ता चलचित्रमा त अस्लिल भिडियो र यो सँग निकटको कथा पनि समाबेश छ । अहिले युवापुस्तामा देखिएको नकारात्मक सोचलाई आधार मानेर यस्ता दृष्यहरू समावेश गरिएको चलचित्रकर्मीले बताए पनि यि यस्ता दृष्यहरू समावेश गर्दै जाने हो भने केहि समय पछि नेपाली चलचित्रमा अस्लिल भिडियोको बाहुल्यता नरहला भन्न सकिन्न । आखिर समय अनुसार परिवर्तन हुने न हो ।

 

यति बेला प्रश्न उठिरहेको छ । यस्ता दृष्य समावेश किन गरिन्छ ? चर्चाका लागि या कथाबस्तुको माग या समयको माग ? के अब दर्शकहरुले साच्चै नै यस्ता दृष्यलाई पचाउलान त ? यदि यो समयको माग हो भने नेपाली समाज धेरै नै एडभान्स भएछ भन्ने बुझ्नु पर्छ हैन भने यस्ता दृष्य राख्दा एक पटक नेपाली समाजलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।