मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघ आन्दोलनमा जाने

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/01

कहिले के को आन्दोलन त कहिले के को आन्दोलन । आन्दोलन आन्दोलन । यो शब्दबाट सायद सबै वाक्क दिक्क भईसकेका छन्  र पनि यो वा त्यो बहानामा अझ भनौ आफ्ना माग पुरा गराउन आन्दोलन गर्ने परिपाटि नै बसिसक्यो नेपालमा । यस्तै परिपाटीबाट चलचित्र निर्माता संघ पनि अछुतो नहुने भएको छ ।


नेपाल चलचित्र निर्माता संघको आज बसेको बैठकले चलचित्र संघसँग वार्ता गर्ने र वार्ताबाट समस्या समाधान नभए आन्दोलनमा जाने निर्णय गरेको छ । चलचित्र प्रर्दशकहरुले यो वा त्यो बहानामा निर्मातासँग अनियमत रुपमा पैसा लिन थालेको गुनासाहरु आउन थाले पछि चलचित्र संघसँग निर्माता संघले वार्ता गर्ने निर्णय गरेको हो ।'यदि वार्ताबाट कुरा नमिले हामी आन्दोलनमा जान्छौं', संघका एक सदस्यले भने ।
 

चलचित्र चलाउदा निर्मातासँग बिभिन्न बहानामा हलवालाहरूले पैसा लिने गरेका कारण निर्माताहरु मारमा परेको संघका सचिब सुरेश दर्पण पोखरेलले जनाएका छन् । उनका अनुसार चलचित्र प्रर्दशकहरुले नै प्रर्दशनको सम्पुर्ण ब्यवस्था गर्नु पर्छ । तर यहाँ बिभिन्न बहानामा हलवालाहरूले निर्मातासँग पैसा लिने गरेका हुन्छन् । यसै त चलचित्रको राम्रो ब्यापार छैन त्यसमाथि यो वा त्यो बहानामा निर्माताले पैसा लिर्दा उनीहरू मर्कामा पर्ने दर्पणको भनाई छ ।

 

गएको वर्ष मोटो रकम डुवाएका निर्माताहरुले यो वर्ष पनि चलचित्रको ब्यापार राम्रो हुने संकेत नदेखेकाले होला हलवालाहरूले अन्य क्षेत्रबाट खर्च कटाउन लागेको दर्पणको भनाई छ । उनी भन्छन्, ' स्थानिय प्रचार प्रसार लगायत बिभिन्न शिर्षकमा हल खर्च भनेर चलचित्र हलहरुले निर्मातासँग पैसा काटने गरेका छन् । त्यसैले हामी त्यसको बिरोधमा छौं ', दर्पणले भने, 'आफ्नो घरको खर्च आफैले चलाउने हो अरुसँग घर खर्च लिन मिल्दैन ।'

 

निर्माताहरुको ठुलो दबाब आएको भन्दै उनले केही दिनमा यो बिषयमा चलचित्र संघसँग वार्ता थाल्ने बताए । सौहार्दपुर्ण वातावरणमा वार्ता गरीने र वार्ताबाट समस्याको समाधान नभएर तत्कालै निर्माता संघको साधारण सभा बोलाई सम्पुर्ण निर्माताको प्रतिबद्धता लिएर आन्दोलन थाल्ने दर्पणले बताए । उनले आन्दोलन शसक्त रुपमा गर्ने र निर्माताको पक्षमा निर्णय गराई छोड्ने जनाए ।

 

यस्तै निर्माता संघको आज बसेको बैठकलेले चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारीको स्वागतमा एक कार्यक्रम समेत गर्ने भएको छ । आउने शनिबार एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गर्न लागिएको बुझिएको छ ।