मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सम्झिदिए पुग्छको गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2011/06/01

पछिल्लो समयमा निर्माताहरू चलचित्र छायाँकन नगर्दै रिलिजको डेट तोकेका हुन्छन् । जति सक्दो चाँडो चलचित्र रिलिज गर्ने मनसाय उनीहरूमा हुन्छ । यहि क्रममा छायाँकनमा रहेको चलचित्र 'सम्झिदिए पुग्छ' को पनि रिलिज डेट फिक्स भएको छ ।

 

माइती, मालती, सुखदु:ख, दुर्गा, सलाम छ मायालाई जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता सुरज प्रधानले निर्माण गरेको चलचित्र ''सम्झिदिए पुग्छ' असार ३१ गते देशभर एकसाथमा प्रदर्शनमा आउने भएको छ । ५० % भन्दा बढी छायाँकन सकिएको सो चलचित्रको रिलिज डेट बुधबार फिक्स गरेपछि प्रधानले प्रचार प्रसारलाई पनि अगाडी बढाएका छन् । उनले फिल्मीखबर डटकम मार्फत चलचित्रको प्रचार प्रसार शुरू भएको भन्दै बुधबार चलचित्रका दुई गीत पनि सार्वजनिक गरे ।

 

सार्वजनिक गरिएका दुई गीत मध्येको शिर्ष गीतमा स्वरूपराज आचार्यले स्वर दिएका छन् भने अर्को गीतमा दीपक लिम्बुले स्वर दिएका छन् । ती दुबै गीतका संगीतकार मनोहर सुनाम हुन् भने शिर्ष गीतका लेखक प्रमोद ढुंगाना र अर्को गीतका लेखक मिन थापा हुन् । चलचित्रमा ६ वटा गीत समावेश गरिएको र सबै गीत राम्रो रहेको दाबी निर्देशक जनक राज खकुरेलले गरे । उनले भने, 'गीत त सबै सुमधुर नै छन् तर अहिले दुई वटा गीत मात्र सार्वजनिक गरिएको छ  । बाँकी गीत बिस्तारै रिलिज गर्नेछौं ।'

 

एसपि मुभी मेकर्स प्रालिको प्रस्तुतीमा निर्माण भईरहेको सो चलचित्रमा राजबल्लभ कोईराला, युना उप्रेती, दिनेश थापा, करन क्रेजीको मुख्य भुमिका रहेको छ । चलचित्रमा मनोहर सुनामको संगीत, गोबिन्द राईको करियोग्राफी, सुरज प्रधानको कथा, शेखर ज्ञवालीको पटकथा तथा संवाद, दिव्य सुवेदीको छायाँकन र तारा किम्भेको सम्पादन रहेको छ । जेष्ठ २ गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रको बाँकी छायाँकन अबको दुई साता भित्रमा सकिने निर्देशकले जानकारी दिए । चलचित्रको छायाँकन काठमाण्डौ, लुम्बिनी र महेन्द्रनगरमा गरिने निर्देशक खकुरेलको भनाई छ । अहिले छायाँकनसँगै सम्पादन पनि भईरहेको छ ।

 

सार्वजनिक गरिएको गीत सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोला !

सम्झिदिए पुग्छ...    CRBT:- 016008149 (NTC), 6057795 (Ncell), 7732742(UTL)


तिम्रो रूप नै...
             CRBT:- 016008148 (NTC), 6057794 (Ncell), 7732741(UTL)