मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी पायो पलले बिशेष चलचित्रको मान्यता ?

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/02

धेरैले भन्छन् 'नेपालको कानुन दैवले जानुन्' । अनि सानालाई कानुन लाग्छ ठुलालाई लाग्दैन । सायद नेपालका धेरै सरकारी कार्यालयहरुको कार्य शैली कै कारण आज जनताले यस्ता कुरा बोलिरहेका छन् र यि कार्य शैलीलाई हेर्ने हो भने उनिहरुको भनाई सत्य पनि छ । अरु त अरु अब यो भनाई चलचित्र बिकाश बोर्डमा पनि लागु भएको छ । बोर्डमा त अझ राम्रा मान्छे हाम्रा मान्छे नभएर हाम्रा मान्छे राम्रा मान्छे भने जस्तै भएको छ ।


प्रसंग चलचित्र बिकाश बोर्डले दिने गरेको बिशेष चलचित्र मान्यताको हो । बोर्डले एउटा छनौट समिति बनाएको छ जसले नेपाली चलचित्रहरु हेर्ने र निर्धारित मापदण्ड अनुसार बिशेष चलचित्रको मान्यता दिन मिल्ने भए बोर्डमा सिफारिस गर्छ । तर अहिले त समितिले सिफारिस नै नगरेका चलचित्रहरुलाई पनि बिशेष चलचित्रको सुचिमा राखिएको रहस्य खुल्नमा आएको छ ।


सरकारी सेवा सुबिधा लिनको लागी चलचित्रकर्मी लालायत हुनु नयाँ कुरा हैन । तर दिनेले मनपरी दिनु चाँहि कत्तिको न्याय संगत होला ? अझ सिफारिस नै नभएका चलचित्रलाई रातारात बिशेष चलचित्र बनाएर बोर्डबाट राजीनामा दिए रे भन्ने कुरा त हाँस्यास्पद नै छ । तर पनि यस्तै भएको छ यहाँ । कुरा हो केहि समय अगाडी बिकाश बोर्डले बिशेष चलचित्र भनि घोषणा गरिएको चलचित्र 'पल' को । कर्ण शाक्यले निर्माण गरेको यस चलचित्रलाई रमेश बुढाथोकीले निर्देशन गरेका हुन् ।

 

केही चलचित्र समिक्षकहरुको भनाईलाई आधार मान्ने हो भने यो चलचित्र पल चलचित्र नभएर एउटा सोच हो । कतिले चलचित्रको पहिलो हाफमा चलचित्रमा हुनु पर्ने उतार चढाव नै नभएको पनि बताए । तर पनि यो चलचित्रले बिशेष चलचित्रको पगरी गुथ्यो । वास्तवमै चलचित्रले बिशेष चलचित्रको पगरी छनौट समितिको सिफारिसमा नभएर बोर्डको मनमानी अर्थात हाम्रा मान्छे राम्रा मान्छेको सिद्धान्त अनुसार पाएको रहस्य खुलेको छ ।


छनौट समितिका एक सदस्यका अनुसार चलचित्र पलले बिशेष चलचित्रको मान्यता पाउदा उनि आफै छक्क परे रे । उनले भनेका छन्, 'चलचित्र हेरेर यसलाई बिशेष चलचित्रको मान्यता दिन नसक्ने बताएका थियौ । तर रातारात बिशेष चलचित्रको मान्यता दिएर बोर्डका पदाधिकारीले राजीनमा दिएछन् ।' यस पटक मात्र हैन यस अघि पनि केही चलचित्रहरुलाई छनौट समितिको सिफारिस बिना नै बोर्डले बिशेष चलचित्रको मान्यता दिएको उनले खुलासा गरे ।

 

यस्ता घटना क्रमलाई हेर्दा अहिले त यस्तो लाग्छ यहाँ देखाउनका लागी समिति बनाइन्छ । बिभिन्न निकायको गठन हुन्छ तर निर्णय भने केही ब्यक्तिहरुको मनोमानी हुने गर्दछ । आखिरमा किन हुन्छ यस्तो मनोमानी ? यो प्रश्नको जवाफ आज हरेक व्यक्तिले खोज्ने छन् ।