बेरोजगार युवाहरूको कथाबस्तुलाई आधार मानेर निर्माण गरिएको चलचित्र 'मृगतृष्णा' को बिहिबारबाट डबिङ शुरू गरिएको छ । राजधानीको बागबजार स्थित एक स्टुडियोमा नायिका नन्दिता केसीले चलचित्रको डबिङ गरिन् ।
साई गायत्री फिल्मसको ब्यानरमा गायत्री भुटिया र हेमन्त बुढाथोकीले निर्माण गरेको सो चलचित्रको करिब १० दिनमा डबिङ सकेर बाँकी रहेको एक गीतको छायाँकन सिक्किममा गर्न जाने बताईएको छ । तुलसी घिमिरे निर्देशित सो चलचित्रमा बिराज भट्ट, नन्दिता केसी, कर्म, हेमन्त बुढाथोकी, धुर्ब दत्त, शुष्मा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । २७ बर्षअघि पहिलो पटक 'बासुरी' चलचित्र निर्देशन गरेका निर्देशक तुलसी घिमिरेको यो २० औं चलचित्र हो ।
तुलसी घिमिरेको कथा, शम्भुजित बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको द्वन्द, दिनेश अधिकारीको नृत्य र शिव ढकालको छायाँकन रहेको सो चलचित्रमा बिराज भट्ट र कर्म पहिलो पटक एकसाथ अभिनय गरेका हुन् । दर्पणछायाँ जस्तो सफल चलचित्र र देश जस्तो असफल चलचित्र पस्किएका निर्देशक घिमिरेले यस पटक कस्तो चलचित्र पस्किन्छ त्यसको लागी केहि महिना कुर्नुपर्ने हुन्छ ।