मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको रहर हैन बाध्यता

फिल्मीखबर, काठमाण्डौ, 2011/06/03

सुन्दर मुहार, आर्कषक शरिर र स्पष्ट बोलीको धनी कलाकार, मोडल तथा संचारकर्मी रेखा ओझा अहिले आफ्नै संसारमा मस्त छिन् । केहि समय अगाडी चलचित्रमा अभिनय गर्नका लागि तनमनले लागेकी रेखा अहिले भने अभिनयको नाम पनि खासै लिन्नन् । यहाँ नायिका बन्न निर्माता निर्देशकको चाप्लुसी गर्नुपर्छ तर रेखा भने अफर आएर पनि काम गरिनन् । कारण के त ? यो बारेमा जानकारी दिनुभन्दा पहिला उनले गरेका कामका बारेमा चर्चा गरौं ।
 

रेखाले अभिनय गरेको पहिलो चलचित्र 'संघर्ष' हो । यसै चलचित्रबाट नै धेरैले उनलाई नेपाली चलचित्र क्षेत्रमा एउटा आशालाग्दी नायिकाको आगमन भएको आशा राखेका थिए तर त्यो आशा केहि समयमा नै निराशामा बदलियो । 'संघर्ष' पछि उनले 'छोरीको कर्म' नामक चलचित्रमा अभिनय गरिन् र सधैंका लागी नेपाली चलचित्रबाट टाढा पनि भईन् । चलचित्रबाट टाढा भएपनि अभिनय गर्नबाट उनी टाढा रहन सकिनन् । त्यसैले उनले 'अदृश्य घाउ' र 'आमा' नामक टेलिचलचित्रमा अभिनय गरिन् ।
 

ठूलो पर्दाबाट टाढा भएपनि अभिनयलाई निरन्तरता दिन उनले सानो पर्दालाई छोड्न सकिनन् । त्यसैले उनले केहि म्युजिक भिडियो र बिज्ञापनहरूमा पनि काम गरिन् । उनले खेलेको यती कार्पेटको विज्ञापनले प्राय दैनिक पत्रिकामा आधा पेज ओगटेके हुन्छ । चिजबल, एशिएन पेन्ट्स जस्ता बिज्ञापना उपस्थित जनाएकी रेखा पछिल्लो समयमा खाली छिन् । एबिसी टेलिभिजनमा समेत काम गरेकी रेखाले जब बिबाह गरिन् त्यसपछि उनको अभिनय यात्रामा पूर्ण बिराम लाग्यो भन्दा फरक नपर्ला ।

 

करिब एक बर्ष अघि अमेरीकामा बस्दै आएका सफ्टवेर इन्जिनियर जीवन अर्यालसँग बैबाहिक जीवनमा गाँसिएपछि रेखाको जीवनले अर्कै मोड लिएको हो । रेखाको चाहना अभिनय यात्रालाई पूर्ण बिराम लगाउनु हैन तर पनि उनी बाध्य भईन् । परिवारको अनुमति बिना काम गर्न गार्‍हो भएपछि अभिनय यात्रालाई रोक्नु परेको रेखाले बताईन् । उनले भनिन्, 'जब म रंगीन दुनियाँमा हुन्थे मेरो घरमा कालो बादल मडारिन्थ्यो । मेरै कुरामा हरेक दिन घरमा झगडा हुन्थ्यो । कति दिन झगडा र लडाईं गरेर काम गर्ने भन्ने सोचेर यो क्षेत्र छोडेकी हुँ ।'

 

चलचित्रबाट टाढा रहन बाध्य भएकी रेखा सञ्चारमाध्यमबाट टाढा भने नरहने बताएकी छिन् । यानकी अबको केहि दिनमा उनले टेलिभिजनमा एउटा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने भएकी छिन् । कार्यक्रम कस्तो हुन्छ त ? रेखा भन्छिन्, 'अहिले सस्पेन्स नै राखौं होला ।' जे होस् चलचित्र क्षेत्रबाट टाढा रहेपनि उनको आगामी प्रोजेक्टको सफलताका लागि फिल्मीखबरको अग्रिम शुभकामना !