मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सायदबाट जन्मिएका हिरो

फिल्मीखबर, काठमाण्डौ, 2011/06/03

चलचित्र भन्ने बित्तिकै अधिकांशको ध्यान केन्द्रित हुन्छ अझ त्यसमा पनि नायक नायिकाको कुरा सुन्न त प्राय व्यक्ति लालायित नै हुन्छन् । कुरा सुन्न मात्र हैन आफू पनि हिरो हिरोईन बन्ने सपना पनि धेरैले बुनेका हुन्छन् । अपवादलाई छोडेर हेर्ने हो भने हिरो हिरोईन् बन्ने चाहना सबैमा हुन्छ । तर सबैको भाग्यमा हिरो हिरोईन बन्न कहाँ लेखेको हुन्छ र ?

 

यहि हिरो बन्ने आफ्नो सपनालाई साकार पार्ने मध्येका एक युवक हुन् सुनिल रावल । सुदूरपश्चिमको हावापानीमा हुर्केका सुनिल चलचित्र 'सायद' बाट हिरो बनेका छन् । दुर्गिस फिल्मस प्रालि नामको कम्पनी स्थापना गरी उनले आफ्नै दाजु अनिल रावलको निर्माणमा चलचित्र 'सायद' बनाए र हिरो बने । सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरेको सो चलचित्रको प्राबिधिक काम लगभग सकिएको छ ।

 

सानै देखि अभिनयको रहर भएको बताउने सुनिल नेपाली चलचित्र क्षेत्रमा एक कुशल अभिनेता बन्न चाहन्छन् । सायद त्यसैले होला अहिले उनी नेपाली चलचित्रलाई नजिकबाट नियाल्न थालेका छन् । आजभोली उनको काम नेपाली चलचित्रको बारेमा अध्ययन गर्नु र नेपाली चलचित्रको बारेमा धेरै भन्दा धेरै जानकारी लिनु रहेको छ । कारण उनी हिरो मात्र नबहेर एक कुशल चलचित्र मेकर बनि बन्न चाहन्छन् । पहिलो चलचित्र 'सायद' बाट धेरै कुरा सिकेका सुनिलले अब गर्ने चलचित्रमा धेरै सुधार गर्न चाहन्छन् । उनी भन्छन्, 'सायदले मलाई धेरै कुरा सिकायो । अब अर्को प्रोजेक्टमा सायदबाट गरेका गल्तिहरूलाई सुधार्दै अझ राम्रो काम गर्नेछु ।'

 

सुनिल आफू मात्र हिरो बनेनन् । उनले निर्देशक नारायण पुरीका छोरा संयम पुरीलाई पनि हिरो बनाए । नयाँ अनुहारलाई पनि राम्रो स्थान दिनुपर्छ भन्ने मान्यता राखेर संयमलाई आफ्नो चलचित्रबाट डेब्यू गराएको सुनिलको भनाई छ । सुनिल आफ्नो कामबाट जति सन्तुष्ट छन् त्यो भन्दा बढि सन्तुष्ट संयमबाट छन् । उनी भन्छन्, 'मेरो पहिलो चलचित्र हो त्यसैले मेरो कमि कमजोरी हुनसक्छ तर संयमले धेरै चलचित्रमा बालकलाकार भएर अभिनय गरिसकेको हुनाले उनको कामबाट म एकदम सन्तुष्ट छु ।'

 

तिहारको सेरोफेरोमा सार्वजनिक गर्ने तयारी गरिएको सो चलचित्रको प्रदर्शन सँगसँगै उनले अर्को चलचित्रको निर्माण पनि शुरू गर्दैछन् । हाल स्क्रिप्टको काम भईरहेको सो चलचित्रमा पनि उनी मुख्य पात्रको रूपमा प्रस्तुत हुँदैछन् । सायदबाट डेब्यू यि हिरोले नेपाली चलचित्र क्षेत्रमा कस्तो छाप छोड्ने हुन् त्यो भने हेर्न बाँकी नै छ । तर उनलाई सफलताको शुभकामना भने नदिईरहन सकिंदैन ।