मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुलहीको अर्को सस्पेन्स ?

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/03

चलचित्रमा सस्पेनको महत्वपुर्ण भुमिका रहने गर्दछ । चलचित्रको अबधिभर दर्शकलाई बाँधि राख्न सस्पेन्स जरुरी हुन्छ । सस्पेन्सले दर्शकलाई चलचित्र अबधिभर उत्सुकता बनाउने गर्दछ । तर कहिले काहिं पर्दा बाहिरको चलचित्रसँग सम्बन्धित सस्पेन्सले पनि दर्शकलाई उत्सुक बनाउने गर्दछ ।


प्रसंग चलचित्र दुलहीको हो । यहि जेष्ठ २७ गतेबाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र दुलहीले धेरै कुरा सस्पेन्स राखेको छ । चलचित्र हेर्दा कस्तो छ त्यो हेरि सकेपछि नै थाहा हुन्छ । तर चलचित्रको पर्दा बाहिर भने यो चलचित्रले धेरै कुरा सस्पेन्स राखेको छ । सबैभन्दा पहिला चलचित्रले आफ्नै निर्मातालाई सस्पेन्स राखेको थियो । चलचित्र निर्माण भएर प्रर्दशनको मिती तय हुँदा सम्म पनि चलचित्रको निर्माता सार्वजनिक नभए पछि पहिलो पटक फिल्मीखबरले को हुन् हर्षिता ? भन्ने शिर्षकमा समाचार प्रकाशित गर्‍यो ।  सञ्चारमाध्यक देखि लिएर चलचित्र उधोग नै हर्षिताको बारेमा जिज्ञासु बन्यो ।

 

हरेक क्षेत्रबाट निर्माताको बारेमा बुझ्ने प्रयास भएपछि युनिटले अडियो बिमोचनको दिन निर्माता हर्षिता केसीलाई सार्वजनिक गर्‍यो । मानिसहरूको सोचाई बिपरित निर्माता सार्वजनिक भएपछि कार्यक्रममा उपस्थित सबै भावविह्वल भए । भोलिपल्ट सञ्चारमाध्यममा चलचित्रको अडियो बिमोचन भन्दा पनि बढि निर्माताको चर्चा भयो । यसरी सस्पेन्स राख्न पल्केको यो युनिटले चलत्रिकी निर्माता मात्र हैन अन्य कुराहरु पनि सस्पेन्स राखेको छ ।

 

पछिल्लो जानकारी अनुसार यो चलचित्रको आउने बुधबार साँझ ४ बजे गोपिकृष्ण हलमा प्रिमियर गरिंदै छ । सो प्रिमियरमा पनि युनिटले एक सस्पेन्स खोल्ने भएको छ ।  हाल चलचित्रको काम बिशेषले मुम्बई पुगेका निर्देशक बाबुराम ढकालले मुम्बईबाट फिल्मीखबरसँग कुरा गर्दै भने, 'हामीले प्रिमियरमा पनि एउटा रहस्य खोल्दै छौं ।' त्यो रहस्य केको बारेमा हो भन्ने कुरा पनि उनले सस्पेन्स नै राखे ।

 

चलचित्र दुलहीले एक पछि अर्को गर्दै चलचित्रसँग सम्बन्धित रहस्यहरु खोल्दै आएको छ । कतै चलचित्र दुलहीको कथा पनि सस्पेन्स त छैन ? त्यो थाहा पाउन अब एक साता कुरौं ।