मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि हप्तै पिच्छे चलचित्र

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/03

शुक्रबार त आउनै नहुने भयो । चलचित्र प्रदर्शनको लर्को नै लाग्ने गर्दछ । अघिल्लो हप्ता चलेको चलचित्रले कस्तो ब्यापार गर्दछ भन्ने कुरासँगै कुनै सरोकार हुँदैन । भित्तामा झुण्डाइ राखेको पात्रोमा शुक्रबार देखेपछि चलचित्र रिलिजको मिति तय गर्ने गर्दछन् चलचित्रकर्मीहरु । अझ चाडपर्वको नजिक रहेका शुक्रबार त चलचित्र प्रदर्शनका लागी तछाड मछाड नै हुने गर्दछ ।

 

चाडपर्व बाहेकका शुक्रबार पनि चलचित्र प्रदर्शनमा कमी छैन । न त कुनै शुक्रबार खाली छ । एउटै मितीमा दुई वा दुई भन्दा बढी चलचित्रहरु एकसाथ रिलिज हुने गरेका छन् । एउटा चलचित्र मात्र प्रदर्शन भयो भने भाग्य मान्नु पर्दछ निर्माताको । चलचित्रले राम्रो ब्यापार नगरे पनि निर्माणमा आएको तिब्रताका कारण यसरी हप्तै पिच्छे चलचित्र रिलिज हुन बाध्य छन् त्यो पनि एक आपसमा प्रतिस्पर्धा गरेर । चलचित्रको ब्यापार कम भैरहेको भन्ने गुनासाहरु आइरहँदा चलचित्रको ब्यापारका कारण कति दिन सम्म प्रदर्शन हुने भन्ने तय छैन । बस आउने हप्ता अर्को चलचित्रको लागि हल खाली गर्नै पर्दछ भन्ने मानसिकताबाट गुज्रेर चलचित्र रिलिज गर्न बाध्य छन् चलचित्रकर्मीहरु ।

 


वर्ष २०६७ त चलचित्रको ब्यापारका आधारमा कालो वर्ष नै भयो । तर यो वर्षको सुरुवातमा देखिएको चलचित्र प्रदर्शनको चाप निरन्तरको बन्द अनि चलचित्रको ब्यापारले यो वर्षको संकेत पनि राम्रो देखिदैन । यो वर्ष अहिले सम्म दशगजा, मार्‍यो नि मायाले मार्‍यो, बीरताको चिनो, जय शिब शंकर, मेरो प्यारो माईतिघर, श्रीमान्, छोडी गए पाप लाग्ला, साहसी लगायतका चलचित्रहरु प्रदर्शन भै सकेका छन् । यि चलचित्र मध्ये छोडी गए पाप लाग्ला र साहसी आजबाट प्रदर्शनमा आएका हुन् । त्यसैले यिनिहरुको ब्यापारलाई आज नै आंकलन गर्न नसकिए पनि एकै पटक रिलिज भएको र दुबै चलचित्र उत्तिकै रूपमा शसक्त देखिएका कारण एक अर्काको ब्यापारमा धक्का पुग्ने निश्चीत छ ।

 

चलचित्रको निर्माण सँगै चलचित्र प्रदर्शनमा चाप हुनु स्वभाविक हो । तर चलेको चलचित्रको ब्यापारलाई हेर्दै नहेरी अर्को चलचित्रले १ हप्तामै प्रदर्शनको मिती तय गर्नुले चलचित्रको भबिष्य दर्शकले हैन चलचित्रले नै निर्धारण गरेको पक्का जस्तै देखिन थालेको छ । त्यसैले आफ्नो चलचित्रको भबिष्य निर्धारण निर्माता आँफैले गर्नु आवश्यक छन् हैन भने पुर्पुरोमा हात राखेर बस्नुको बिकल्प छैन ।