मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रेष्ठ र बरालको 'सपना'

फिल्मीखबर, काठमाण्डौ, 2011/06/04

चलचित्र निर्माता र हल सञ्चालक सँगै बितरकको सम्बन्ध कस्तो हुनुपर्ला  ? अवस्य पनि नङ र मासुको सम्बन्ध जस्तै हुनु पर्दछ र यस्तै सम्बन्ध छ निर्माता बसन्त कुमार श्रेष्ठ र हल सञ्चालक तथा बितरक हरि बरालको ।


यिनिहरुको चिनाजानी पनि धेरै वर्ष पहिलाको हो । तर ब्यापारमा सहकार्य भएको भने धेरै वर्ष भएको छैन । केही वर्ष अगाडी श्रेष्ठले निर्माण गरेको चलचित्र भरोसा हरि बरालले बितरण गरेका थिए । हो त्यहि चलचित्रबाट सुरु भएको यिनिहरुको यात्रा अहिले चलचित्र निर्माण सम्म आइपुगेको छ । निर्माता श्रेष्ठ सँगको सहकार्यले बरालको अर्को परिचय पनि थपिएको छ । त्यो हो चलचित्र निर्माताको ।  निर्माता र बितरकको सम्बन्ध स्थापित गरेका श्रेष्ठ र बरालको सहकार्य अहिले निर्मातासम्म पुगेको छ । अर्थात ति दुईले मिलेर पहिलो पटक 'भगवान सबैको' नामक चलचित्र निर्माण गरे । त्यसपछि आफ्नो व्यवसायिक मित्रतालाई अगाडी बढाउँदै यि दुई अर्को चलचित्र पनि निर्माण गरे । 'सपना' नाम गरेको सो चलचित्र यहि साउन महिनाको दोस्रो साता सार्वजनिक हुँदैछ ।  यि दुबै चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।


चलचित्र बनेर लामो समय सम्म पालो कुरेपछि यो चलचित्र प्रर्दशनको पालो आएको छ । पोखराको पुर्णिमा चलचित्र घरका सञ्चालक समेत रहेका बरालले पोखराबाट दिएको जानकारी अनुसार यो चलचित्र साउनको दोस्रो साताबाट देशभर चल्ने पक्का भै सकेको छ । देशभर एकसाथ प्रर्दशनमा आउन लागेको यस चलचित्रमा राजेश हमाल, आर्यन सिग्देल, नन्दिता केसी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । महेश खड्काको संगीत रहेको चलचित्र सपनाका गितहरु अहिले चर्चामा छन् । त्यसैले पनि निर्माता बराल आफ्नो चलचित्रको व्यापार राम्रो हुने कुरामा बिश्वस्त छन् । तर के निर्माताले आफ्नो चलचित्रको बारेमा देखेको सपना साकार होला ? त्यसका लागी हामीले कुर्नु पर्ने भएको छ साउन पहिलो सातालाई ।